पूर्वमाओवादीका केन्द्रीय सदस्यलाई भाग पु¥याउनै सकस, शाखाको जिम्मेवारी दिने तयारी



हाम्रो इकोनोमि

जम्बो केन्द्रीय समिति बनाएको एमाओवादीलाई अहिले नेकपाभित्र आएपछि त्यहि पद घाडो भएको छ । अहिले पद बाँडफाँडमा समस्या बनिरहेको छ । ३ जेठमा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीका मात्रै चार हजारभन्दा बढी केन्द्रीय सदस्य थिए।

एमालेमा भने दुई सय मात्र सदस्य थिए। दुवै पार्टीका केन्द्रीय सदस्य मिलाएर चार सय ४१ जनाको केन्द्रीय समिति बनाइएको थियो।

तत्कालीन एमालेको भागमा दुई सय ४१ र माओवादी केन्द्रका भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए। तत्कालीन एमालेले ४० केन्द्रीय सदस्य थप्न पाएको थियो भने केन्द्रले चार हजारमा ३८ सय केन्द्रीय सदस्यहरू कटौती गर्नुपरेको थियो।

त्यसबेला कटौती गरिएका केन्द्रीय सदस्यको व्यवस्थापन यसबेला नेकपा नेतृत्वको टाउको दुःखाइको विषय बनेको छ। एक साताभित्र जनवर्गीय संगठनको एकीकरण गर्ने तयारीमा नेकपा छ।

एकीकरण हुँदा नेकपासँग २२ वटा जनवर्गीय संगठन छन्। जनवर्गीय संगठनपछि मात्र भूगोलका कमिटीहरूको एकीकरण गर्ने तयारी छ। भूगोलका कमिटीको एकीकरण हुँदा माओवादीका पूर्वकेन्द्रीय सदस्यहरूको व्यवस्थापनको तयारी छ।

उनीहरूको संख्या ठूलो भएकाले शाखा कमिटीसम्म लगेर जिम्मेवारी दिने नेकपाका एक नेताले बताए। उनका अनुसार उनीहरूले आफू पहिले केन्द्रीय सदस्य भइसकेको भनेर दाबी गरे पनि माथिल्ला कमिटीमा सम्भव नहुने देखिएको छ। भूगोलका अरू कमिटीबाहेक ३८ सय केन्द्रीय सदस्यको व्यवस्थापन गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...