अब दाहिजो लिन र दिन नपाउने ,बालविवाह र दाइजोका सुराकी गर्नेलाई यस्तो दिने पुरस्कार



विवाहमा दाइिजो दिएको वा वालविवाह भएको थाहा पाए सुराकी दिए  पुरस्कार पाईन्छ । त्यस्तो खालको व्यवस्था इटहरी उपमहानरपालिकाले गरेको हो ।

इटहरी उपमहानरपालिकाले सन्तान जन्मँदा बिरुवा रोप्नुपर्ने नीति ल्याएको छ । स्थानीय सरकारले व्यवस्था गरेको नर्सरी वा पार्कमा बिरुवा रोप्नुपर्ने भएको हो । यस्तै, घरका ज्येष्ठ सदस्यको जन्मदिनमा पनि बिरुवा रोप्नुपर्ने भएको छ । एक घर एक बिरुवा नीतिबाट ‘ग्रिन सिटी’ बनाउने उद्देश्य उपमहानगरपालिकाको ५ । हो ।

यस्तै इटहरीलाइ २०७५ सालभित्र सडक बालबालिका मुक्त नगर बनाउने कार्यक्रम पनि उपमहानगरको बजेट तथा कार्यक्रममा समेटिएको छ । बालबालिकाकै क्षेत्रमा बाल विवाह निरुत्साहित गर्न बालविवाह गरेको सूचना दिने सुराकीलार्इ पुरस्कार दिने र बालविवाह गराउनेलाई कारबाही गर्ने कार्यक्रम समेत इटहरीले सार्वजनिक गरेको छ । आइतबार इटहरीको उद्योग वाणिज्य संघको भवनमा बसेको इटहरीको तेस्रो नगरसभाले यस्ता कार्यक्रम ल्याएको हो ।

इटहरी उपमहानगरपालीकाले रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ । पूर्वपश्मि र उत्तरदक्षिण राजमार्गको चौरास्ताको रूपमा रहेको इटहरीमा लामो समय देखी उठेको रात्रि बजारको कार्यक्रम इटहरी स्थानीय सरकारले सञ्चालन गर्ने भएको छ । स्थानीय सरकार, व्यापारी र सुरक्षा निकायसँगको समन्वयमा रात्रिकालिन बजार सञ्चालन हुने भएको छ । यो प्रयोजनको लागी ४० लाख रकम छुट्याइएको छ ।

उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको इटहरीको बजेट तथा कार्यक्रमले अन्य केही आकर्षक आयोजनाहरू पनि ल्याएको छ । हरेक घरका जेष्ठ सदस्यको जन्मदिन र परिवारमा सन्तान प्राप्ति हुँदा अनिवार्य बिरुवा रोप्नुपर्ने कार्यक्रम इटहरीले ल्याएको छ ।

आगामि आर्थिक वर्षमा ५ मेगा प्रोजेक्टहरू आउँदै

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम असार १० गते भित्र नगरसभामा पेस गर्नुपर्ने संविधानको व्यवस्था अनुरूप इटहरीमा आइतबार बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमले विभिन्न पाँच मेगा प्राजेक्टहरु समेत सार्वजनिक गरेको छ । १ अर्ब ३७ करोड १० लाख ५८ हजार बढीको बजेटले विभिन्न आकर्षक परियोजनाहरूका साथै केही मेगा प्राजेक्टहरु पनि सञ्चालनमा ल्याउने भएको छ ।

अघिल्लो आर्थिक वर्षमा स(साना परियोजनामा अल्मलिएको इटहरी उपमहानगरपालीकाले आगामी आर्थिक वर्षमा विभिन्न पाँच परियोजना सञ्चालन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको कार्यक्रम अनुसार इटहरीमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रङ्गशाला र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने भएको छ ।

यस्तै, इटहरीको बाहिरी क्षेत्रका विभिन्न वडाहरू सडक सञ्जालले जोड्ने बाहिरी चक्रपथ निर्माणका परियोजना इटहरीले सार्वजनिक गरेको छ । इटहरीमै प्रदेशस्तरिक सुख्खा बन्दरग्राह र घरेलु लघु औद्योगिक ग्रामको स्थापना गर्ने कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

उपमहानगरले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रदेश सरकारको पनि प्राथामिकताको कार्यक्रम भएकाले आगामी केही वर्षमै यो बन्ने कार्यक्रममा उल्लेख छ । बाँकी चार मेगा प्राजेक्टहरुलाइ स्थानीय, प्रदेश र संघीय सरकारसँगको संयुक्त कार्यक्रमको रूपमा सञ्चालन गर्ने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु