दूधमा युरिया नहालेको यसरी दिए व्यवसायीले बयान



हाम्रो इकोनोमि

केही समय अघि दुग्धजन्य पदार्थमा युरियाको मात्रा बढी देखिएको भन्दै दूध खान नहुने कुरा बाहिर आएको थियो । यसै विषयलाई लिएर अहिले दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य वस्तु नमिसाएको दावी गरेको छ ।

डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दुधजन्य वस्तुमा युरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको दावी गरेको हो ।

संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दूधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्कसमेत गरे ।

संघले आयात गरिएका दूध पाउडर पनि मापदण्ड विपरीत नरहेको दावी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरीत रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ ।

उनले दूध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहितानै बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दूध तथा दूधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दुध डेरीलाई कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...