‘विप्लव’ले आफ्नो छोरालाई डाक्टर बनाउदै, , चन्दा नदिदा जनताका छोरा छोरी पढ्ने स्कूल चाहि बन्द गराउदै



हाम्रो इकोनोमि

नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो छोरा प्रकाश चन्दलाई डाक्टर पढाउने भएका छन् । प्रकाशलाई चितवनको एउटा मेडिकल कलेजमा लाखौँ रुपियाँ खर्च गरेर एमबिबिएस डाक्टरको शिक्षा दिइरहेका छन् हुन ।

उनले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी ९नेकपाको गतिविधिले भने सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा ल्याउने देखिन्छ ।

 

नेकपा निकट विद्यार्थी संगठनसहितका भातृसंस्थाहरूले मोटो रकम चन्दा माग गरेर धम्की, कुटपिट, मोसो दल्ने, जनकारबाही लगायतका गतिविधि गर्दा सर्वसाधारण फेरि आतंकित हुन पुगेका हुन् ।

 

त्यति मात्रै होइन विप्लव निकटको अखिल क्रान्तिकारीले देशभरिका विद्यालयमा बन्द हड्तालसहितका कार्यक्रम गरेर आतंक मच्चाइरहेको छ । यसबाट सबैभन्दा धेरै साना विद्यार्थीलाई मर्का परेको छ । कानून र संविधानविरुद्ध गएर अखिल क्रान्तिकारीले गतिविधि गरेको आरोप प्रहरी प्रशासनको छ ।

नेकपाका महासचिव विप्लवले आफ्ना छोरा प्रकाश चन्दलाई लाखौँ रकम खर्च गरेर छोरालाई डाक्टर बनाउँदै गरेका विप्लवले जनताका छोराछोरी पढ्ने विद्यालयहरू भने धमाधम बन्द गराइरहेका छन् ।

विप्लवले छोरा प्रकाश चन्दलाई एमबिबिएस पढाउने लाखौँ रकम कहाँबाट ल्याए भनेर खोजी सुरु भएको छ । प्रकाश पढाइमा अब्बल पनि छैनन् । प्रकाशकै उक्साहटमा चितवनका विद्यालयहरू आइतबारदेखि अनिश्चितकालीन बन्दमा छन् ।

त्यति मात्रै होइन विप्लवले पार्टी निकटको अखिल क्रान्तिकारीलाई असार २० गतेदेखि तीन दिन शैक्षिक हड्ताल गर्न निर्देशन दिएका छन् । त्यति निर्देशनअनुसार पत्रकार सम्मेलन गरेर शैक्षिक आमहड्तालको घोषणा भइसकेको छ ।

जबकि निजी विद्यालयहरूले असार १७ गतेदेखि परीक्षा गराउँदै छन् । परीक्षालाई असर पर्ने गरेर अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल घोषणा गरेको छ ।

राजनीतिक उदेश्य र चन्दाका लागि विप्लवले विद्यालयलाई निशाना बनाएकोमा अभिभावकहरूले आक्राश व्यक्त गरेका छन् । आफ्नो छोरोलाई एमबिबिएस डाक्टर पठाउने अरुका छोराछोरीलाई राजनीति उदेश्यका लागि लडाउने भनेर विप्लवको आलोचना पनि भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...