यसकारण देउवाको क्षेत्रमा देशकै कम बजेट



नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाको क्षेत्रमा देशकै सबैभन्दा कम बजेट विनियोजन भएको छ ।
देउवा पाँच पटक देशको प्रधानमन्त्री बनिसकेका ब्यक्ति हुन । देउवा प्रदेश नम्वर ७ डढेल्धुराबाट संसदमा प्रतिनिधत्व गरेपनि देशकै ठुला नेता हुन् ।

विगत लामो समयदेखि नेपाली राजनीतिमा शक्तिशाली ब्यक्ति बन्दै आएका देउवा अहिले भने निकै कमजोर सावित भएका छन् । त्यसो त भर्खर मात्र सम्पन्न भएको जिल्ला सभापतिहरुको भेला हेटौडामा हुँदा पनि उनलाई आफ्नै कार्यकर्ताहरुले नमिठो गरी पेलेका थिए । उनी पाँच पटक प्रधानमन्त्री बन्दा सवै बेला कुनै न कुनै तनाव भयो । कहिले राजाबाट अपदस्थ त कहिले जनताबाट अपदस्त । २०७४ सालको निर्वाचनमा उनी जनताबाट अपदस्त भए । कांग्रेस राजनीतिमा शक्तिशाली भएपनि राज्यसञ्चालनका सयन्त्र र नेपाली राजनीतिमा कमजोर बन्दै गएका छन् ।

बाम गठबन्धनको सरकारले सबैभन्दा कम बजेट प्रदेश नम्वर ७ र कर्णाली प्रदेशमा छुट्याएको छ । सुदुरपश्चिमका नामबाट चिनिने ७ नम्वर प्रदेशका ९ जिल्लामा कुल २१ अर्ब ७० करोड रकम विनियोजन भएको छ । सत्ता प्रभावमा वितरण भएको बजेटले देउवाको गृहजिल्ला डडेल्धुरामा देशकै कम बजेट बिनियोजन गरेको छ । देउवाको गृहजिल्लामा ७ स्थानीय तह छन् । जहाँ १ अर्ब ५० करोडमात्र बजेट निनियोजन भएको छ ।

प्रदेश नम्वर ७ मा कम बजेट निनियोजन गरेपछि त्यहाँका सांसदहरुले जमेरै संसदमा सरकारको विरोध गरे । मन्त्रीहरुको गृहजिल्लामा धेरै बजेट परेपछि चौतफी विरोध पनि भएको थियो । आफ्नै सांसदहरुले संसदमा बजेटको चर्को विरोध गरेपछि नेकपाले संसदीय दलको बैठक नै बोलाउनु परेको थियो । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा संसदीय मर्यादाभित्र रहेर विरोध गर्न निर्देशन दिनु परेको थियो ।

तर प्रतिपक्षमा रहेका कांग्रेस सांसदहरु भने विरोध गर्ने तहसम्म नै पुगेका छैनन् । कांग्रेस सरकारका पालामा धेरै बजेट कांग्रेस मन्त्री र सांसदका गृहजिल्लामा जाने गरेको थियो ।

तर प्रतिपक्षमा रहेका कांग्रेस सांसदहरु भने विरोध गर्ने तहसम्म नै पुगेका छैनन् । कांग्रेस सरकारका पालामा धेरै बजेट कांग्रेस मन्त्री र सांसदका गृहजिल्लामा जाने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा