यसकारण देउवाको क्षेत्रमा देशकै कम बजेट



हाम्रो इकोनोमि

नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाको क्षेत्रमा देशकै सबैभन्दा कम बजेट विनियोजन भएको छ ।
देउवा पाँच पटक देशको प्रधानमन्त्री बनिसकेका ब्यक्ति हुन । देउवा प्रदेश नम्वर ७ डढेल्धुराबाट संसदमा प्रतिनिधत्व गरेपनि देशकै ठुला नेता हुन् ।

विगत लामो समयदेखि नेपाली राजनीतिमा शक्तिशाली ब्यक्ति बन्दै आएका देउवा अहिले भने निकै कमजोर सावित भएका छन् । त्यसो त भर्खर मात्र सम्पन्न भएको जिल्ला सभापतिहरुको भेला हेटौडामा हुँदा पनि उनलाई आफ्नै कार्यकर्ताहरुले नमिठो गरी पेलेका थिए । उनी पाँच पटक प्रधानमन्त्री बन्दा सवै बेला कुनै न कुनै तनाव भयो । कहिले राजाबाट अपदस्थ त कहिले जनताबाट अपदस्त । २०७४ सालको निर्वाचनमा उनी जनताबाट अपदस्त भए । कांग्रेस राजनीतिमा शक्तिशाली भएपनि राज्यसञ्चालनका सयन्त्र र नेपाली राजनीतिमा कमजोर बन्दै गएका छन् ।

बाम गठबन्धनको सरकारले सबैभन्दा कम बजेट प्रदेश नम्वर ७ र कर्णाली प्रदेशमा छुट्याएको छ । सुदुरपश्चिमका नामबाट चिनिने ७ नम्वर प्रदेशका ९ जिल्लामा कुल २१ अर्ब ७० करोड रकम विनियोजन भएको छ । सत्ता प्रभावमा वितरण भएको बजेटले देउवाको गृहजिल्ला डडेल्धुरामा देशकै कम बजेट बिनियोजन गरेको छ । देउवाको गृहजिल्लामा ७ स्थानीय तह छन् । जहाँ १ अर्ब ५० करोडमात्र बजेट निनियोजन भएको छ ।

प्रदेश नम्वर ७ मा कम बजेट निनियोजन गरेपछि त्यहाँका सांसदहरुले जमेरै संसदमा सरकारको विरोध गरे । मन्त्रीहरुको गृहजिल्लामा धेरै बजेट परेपछि चौतफी विरोध पनि भएको थियो । आफ्नै सांसदहरुले संसदमा बजेटको चर्को विरोध गरेपछि नेकपाले संसदीय दलको बैठक नै बोलाउनु परेको थियो । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा संसदीय मर्यादाभित्र रहेर विरोध गर्न निर्देशन दिनु परेको थियो ।

तर प्रतिपक्षमा रहेका कांग्रेस सांसदहरु भने विरोध गर्ने तहसम्म नै पुगेका छैनन् । कांग्रेस सरकारका पालामा धेरै बजेट कांग्रेस मन्त्री र सांसदका गृहजिल्लामा जाने गरेको थियो ।

तर प्रतिपक्षमा रहेका कांग्रेस सांसदहरु भने विरोध गर्ने तहसम्म नै पुगेका छैनन् । कांग्रेस सरकारका पालामा धेरै बजेट कांग्रेस मन्त्री र सांसदका गृहजिल्लामा जाने गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...