यी हुन चर्चित नेताका प्रेमिका, कस्को को छन प्यारी, यसरी बनाए नेता



हाम्रो इकोनोमि

नातावाद, कृपावाद र भ्रष्टाचारका कारण नेपाली राजनीतिक दल र नेता विवादमा आइरहेका हुन्छन् । कतिपय नेताको पनि विभिन्न चर्चित अनुहार पनि विवादमा तानिने गरेका छन् ।

ठूला नेताहरू अति व्यस्त हुँदा पनि कुनै पनि महिला वा युवतीका विषयमा किन उदार हुन्छन् ? विश्व राजनीतिमा देखिएका ‘सेक्स अट्याचमेन्ट’ र ‘ह्या¥यासमेन्ट’मा नेपाली नेता पनि सरिक छन् त ?

कतिपय राजनीतिक नियुक्ति, अवसर बारम्बार एकै जनालाई मात्र दिने नेताको नियत र कार्यशैलीले त्यसै पार्टी वा दलभित्रका अन्यले उनीहरूको सम्बन्धको आन्तर्यलाई केलाउने गरेका छन् । कतिपयको त बैठक र भेलामा नै यस्ता अतिरिक्त सम्बन्धका चर्चा र हल्ला हुने गरेका छन् ।

केही दिन अघि मात्र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एकजना नेता राजेन्द्र महतोको प्रेम चर्चा नै भयो । राजपाको बैठकमा नै उनको प्रेम र सम्बन्धको चर्चा भएको थियो ।

समानुपातिकतर्फ सांसद नियुक्त गरिएकी नरमाया ढकालसँग उनको प्रेम सम्बन्धका विषयमा चर्चा भएको थियो । राजपाका एक नेताले भने,‘उनीहरू बीचको सम्बन्ध त थाहा छैन तर सांसदका लागि उहाँले अडानचाहीँ लिनुभएको हो ।’

एकजना महिला नेत्रीले रिपोर्टस क्लवमा गत वर्ष पत्रकार सम्मेलन गरेरै टिकट पाउनका लागि कांग्रेस नेता अर्जुननरसिंह केसीको ओछ्यान तताउनुपर्ने बाध्यता रहेको नै आरोप लगाइन् ।

उनको अभियोगमा कति तथ्य थियो त्यसलाई नजरअन्दाज नगर्ने हो भने कांग्रेसभित्र ‘सेक्स ह्यार्यासमेन्ट’ हुनसक्ने अनुमान गर्न असहज छैन । ‘नेताहरूका कतिपय सम्बन्ध ओपन सेक्रेट छन् । उनीहरू शक्ति केन्द्रमा रहेका कारणले मात्र बहुसम्बन्धमा रहेका चर्चा हुन पाएका छैनन्’, कांग्रेसका एक नेताले भने,‘कांग्रेसका चल्तीका नेता पनि यस्ता सम्बन्धमा उदार नै छन् ।’

त्यसो त कतिपय नेताहरूका प्रेम सम्बन्ध त सतहमा समेत देखिए । राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र सांसद निर्जला राउतको सम्बन्धको हल्ला तल्लो तहसम्म छ ।

उनकै दलका कार्यकर्ताहरू दुवैलाई ‘ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड’ भनेर खिसिट्युरी गर्छन् । यस्तो हल्लामा केही सत्यता हुनसक्ने अनुमान त्यसबेला हुन्छ, जब भण्डारीले राउतलाई राज्य संयन्त्रमा बारम्बार पठाइरहन्छन् ।

उनको पार्टीबाट समानुपातिकको अवसर हरेक पटक राउतले मात्र पाएकी छन् । ‘एक पैसा र अर्को प्रेमको सम्बन्ध हो’, राजपा कार्यकर्ता भन्छन्,‘यो त हामीले बैठकहरूमा पनि सुनेका हौं ।’

कतिपय युवतीहरूले राजनीतिमा छिटो माथि उठ्नका लागि नेतालाई लिफ्ट दिने गरेको पनि हल्ला राजनीतिक बजारमा चल्छ । अलिक उदार र खुला हृदयका नेतालाई लिफ्ट दिने र अवसरको फाइदा उठाउने क्रम पनि राजनीतिमा नभएको होइन ।

त्यसो त राजनीतिमा सेक्स ह्यार्यासमेन्ट हुने विषयको खुलासा लेखिका तथा नेपाली कांग्रेसका नेता नरहरी आचार्यपत्नी शारदा शर्माले एउटा पुस्तकमार्फत पनि गरेकी छन् । उनले गिरीजाबाबुले आफुलाई सुम्सुम्याएको भनेर उल्लेख गरेकी छन् । ठूला नेताको पोल त्यसबेला नखोली उनले पुस्तकमार्फत बजारमा ल्याएकी हुन् ।

राजनीतिमा अवसर पनि सीमित महिलाले पाउने गरेका कारणले अहिले ह्युमर मात्र नभएर ‘सेक्स डिप्लोमेसी’का रूपमा पनि व्याख्या गरिन थालेको छ । विभिन्न राजनीतिक दलका मुख्य नेताले कुनै पनि महिलालाई नियुक्तिका लागि गर्ने आन्तरिक दबाब र अडानले त्यसलाई झल्काउने गरेको छ ।

यौनका लागि चलकता र दबाब राजनीतिक दलका भ्रातृ संगठनमा पनि बलियो गरी हुने गरेको छ । नेपाली कांग्रेसको तरुण दल, तत्कालिन नेकपा एमालेको युवा संघ, विद्यार्थी संगठनहरूमा रहेका महिला र युवतीसँग कतिपय नेताको अवैधानिक भावनात्मक सम्बन्ध पनि रहँदै आएको छ ।

युवा संघ नेपालका एक केन्द्रीय सदस्य भन्छन्,‘जिस्काउने मात्र होइन, कतिपयको त प्रेम सम्बन्ध नै रहेको पनि छ । युवा संघका नेतामात्र होइन, मुल पार्टीका नेतासँग पनि उनीहरूको झुकाव र सम्बन्धलाई लिएर विविध प्रकारका चर्चा हुने गरेका छन् ।’

यसरी शंकाको सम्बन्धका रूपमा राप्रपा अध्यक्ष कमल थापा–कुन्ती शाहीलाई पनि हेरिन्छ । राप्रपाका एक केन्द्रीय सदस्यले भने,‘हरेक पटक महिलाको कोटामा कुन्तीले मात्र अवसर पाउने त्यस्तो के थियो ? राप्रपामा अरु महिला पनि थिए तर कसैले अवसर पाएन ।’

हुन त विश्व राजनीति नै यस्ता अतिरिक्त सम्बन्धका कारणले चर्चामा नआएका होइनन् । राष्ट्रपति भएकै बेला विल क्लिन्टन र मोनिकाको प्रेमको चर्चा सर्वत्र चलेको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पका त अनेक अफेयरका चर्चामात्र होइन, विकिनीधारीसँग अहिले पनि सम्बन्ध हुने गरेको तस्बिर देखाइएको थियो । एक पोर्नस्टारले डोनल्डसँग सम्बन्ध रहेको अन्तरवार्तामा नै भनिन् ।

सेक्स ह्यार्यासमेन्टको अभियोगमा यहि वर्षको सुरुआतमा पेनिस्लाभिनियाका नेता प्याट्रिक मिहानलाई यस्तो आरोप लागेकै हो । जसका कारण उनी विवादमा आएपछि पदबाट राजीनामा दिन बाध्य भए ।

त्यसो त भारतका तत्कालिन मन्त्री सलमान खुर्सीद र एक महिला सम्बन्धको त भिडियो पनि बाहिर आएको थियो । उनीहरूको अफेयरका विषयमा भारतीय मिडियाले निक्कै चर्चा गरेका थिए । बंगलादेशका विलावल भुट्टो र पाकिस्तानकी तत्कालिन विदेशमन्त्री हिना रब्बानीको सम्बन्धका विषयमा पनि चर्चा भएका थिए ।

नेपाली फिल्मि क्षेत्र, बैंकिङ, सरकारी कार्यालय, नीजि कम्पनीभित्र चल्ने गरेको यस्ता हल्ला राजनीतिक दलभित्र अझ धेरै हुने गरेको छ । उपल्लो तहमा मात्र नभएर वडा, नगर र जिल्ला तहदेखि, भ्रातृ संगठनहरूमा पनि यस्ता ह्युमर छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...