भारतीयले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना



हाम्रो इकोनोमि

प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।

प्रदेशसभाको आजको विशेष समयमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण पर्ने क्षेत्रहरु डुबानमा पर्ने खतरा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहलकदमी लिनुपर्छ र यस्तो कार्यमा दुई पक्षीय समझदारी हुनुपर्छ ।”

खरेलले उक्त निर्माण कार्यका कारण स्थानीय बासिन्दा त्रसित भएको उल्लेख गर्दै यो राष्ट्रियताको विषय पनि हो भन्नुभयो ।

यसको जवाफमा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमा क्षेत्रमा हुने कुनै पनि प्रकारका निर्माणका काम दुई पक्षबीचको समन्वयमा हुनुपर्ने भए पनि भारतीय पक्षबाट अटेर भइआएको बताउनुभयो ।

यस्ता विषय संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने उहाँको भनाइ थियो । संघीय सरकारलाई यस्ता गतिविधिको तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी पनि उहाँले सदनलाई दिनुभयो ।

यस्तै, प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको प्रदेश नं ५ को प्रदेशसभा ९पहिलो संशोधन० नियमावली, २०७५ लाई आजको प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित ग¥यो ।

प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश आर्थिक विधेयक २०७५ माथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले प्रगतिशील करको अवधारणाका रुपमा विधेयक आएको धारणा राख्नुभयो ।

सांसद रेवतीरमण शर्माले करको दर, राजश्व संकलनका विषयमा विधेयकले सम्बोधन गरेको बताउनुभयो ।

विपक्षी दलका सांसद रमा अर्यालले करलाई जनताले स्वीकार गर्ने र समय सान्दर्भिक हुनुपर्नेमा जोड दिँदै निवेदन दस्तुरका आधारमा जग्गा रजिष्ट्रेसनमा कर लगाउनुपर्ने जिकिर गर्नुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले काम यी विधि र प्रक्रिया प्रारम्भिक चरणमा रहेको र सिक्दै क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिने बताउनुभयो ।

उहाँले आजकै बैठकले आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यस्तै, लुम्बिनीको पृष्ठभूमिमा रुकुमको पुथा हिमालदेखि मर्चवारसम्म धानको बाला, विभिन्न वेशभूषा देखिने आकृतिको लोगो सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुलाई वितरण गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...