भारतीयले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना



हाम्रो इकोनोमि

प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।

प्रदेशसभाको आजको विशेष समयमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण पर्ने क्षेत्रहरु डुबानमा पर्ने खतरा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो विषय संघीय सरकारको भए पनि प्रदेश सरकारले पहलकदमी लिनुपर्छ र यस्तो कार्यमा दुई पक्षीय समझदारी हुनुपर्छ ।”

खरेलले उक्त निर्माण कार्यका कारण स्थानीय बासिन्दा त्रसित भएको उल्लेख गर्दै यो राष्ट्रियताको विषय पनि हो भन्नुभयो ।

यसको जवाफमा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले सीमा क्षेत्रमा हुने कुनै पनि प्रकारका निर्माणका काम दुई पक्षबीचको समन्वयमा हुनुपर्ने भए पनि भारतीय पक्षबाट अटेर भइआएको बताउनुभयो ।

यस्ता विषय संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने उहाँको भनाइ थियो । संघीय सरकारलाई यस्ता गतिविधिको तथ्यांक संकलन गरी पत्राचार गरिने जानकारी पनि उहाँले सदनलाई दिनुभयो ।

यस्तै, प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको प्रदेश नं ५ को प्रदेशसभा ९पहिलो संशोधन० नियमावली, २०७५ लाई आजको प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित ग¥यो ।

प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश आर्थिक विधेयक २०७५ माथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभा सदस्यले प्रगतिशील करको अवधारणाका रुपमा विधेयक आएको धारणा राख्नुभयो ।

सांसद रेवतीरमण शर्माले करको दर, राजश्व संकलनका विषयमा विधेयकले सम्बोधन गरेको बताउनुभयो ।

विपक्षी दलका सांसद रमा अर्यालले करलाई जनताले स्वीकार गर्ने र समय सान्दर्भिक हुनुपर्नेमा जोड दिँदै निवेदन दस्तुरका आधारमा जग्गा रजिष्ट्रेसनमा कर लगाउनुपर्ने जिकिर गर्नुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले काम यी विधि र प्रक्रिया प्रारम्भिक चरणमा रहेको र सिक्दै क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिने बताउनुभयो ।

उहाँले आजकै बैठकले आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यस्तै, लुम्बिनीको पृष्ठभूमिमा रुकुमको पुथा हिमालदेखि मर्चवारसम्म धानको बाला, विभिन्न वेशभूषा देखिने आकृतिको लोगो सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्यहरुलाई वितरण गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...