भारतमाथि दबाब बढाउन नेपाललाई उपयोग गर्दैछ चीन, के के गर्दैछ चिनले, यसरी थर्काउँदै छ भारतलाई



हाम्रो इकोनोमि

 

चीन र नेपालबीच तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बिछ्याउने सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ ।

चीनको ६ दिने भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुवै देशलाई जोड्नका लागि सडक, रेल र हवाईमार्ग बनाउने सम्झौता भएका छन् ।

दुवै देशले द्विपक्षीय सहयोगअन्तर्गत भएको यस ऐतिहासिक सम्झौताबाट एक नयाँ युगको शुरूआत हुनेछ । यसबाहेक आपसी सहयोगका लागि अप्टिकल फाइबर नेटवर्कबाट पनि दुई देश जोड्ने विषयमा सहमति बनेको छ ।

चीनमा रहेका वरिष्ठ पत्रकार सैबल दासगुप्ता भन्छन्, ‘तिब्बतमाथि ल्हासासम्म जुन रेलमार्ग छ त्यसलाई बढाएर काठमाडौं पु–याउने योजना छ । यसका लागि अनेकौं पुल र सुरुङ बनाउनुपर्ने हुन्छ । यो कठिन र खतरनाक काम मानिन्छ ।’

उनका अनुसार, ‘यसमा धेरै खर्च पनि लाग्नेछ र नेपालसँग त्यस्तो क्षमता छैन । ऋण लिँदा नेपाल ३०–४० सम्म त्यही तिरेर बस्नुपर्ने हुन्छ । यसका बारेमा नेपालले सोच्नुपर्छ । रेल आएपनि के गर्ने भनी सरकारले सोच्नुपर्छ । नेपालका लागि चीन ग्राहक हैन तर चीनका लागि नेपाल ग्राहक हो ।’

यो रेलमार्ग अहिलेका लागि भारतको सीमासम्म आउँदैन । त्यसैले अहिल्यै यसबाट भारतलाई कुनै खतरा देखिँदैन । तर सैबल दासगुप्ता भन्छन्, ‘मानौं यो रेलमार्ग काठमाडौंबाट अघि बढेर भारतीय सीमासम्म आइपुगेका चीनको सामान भारतको ढोकैमा आइपुग्नेछ ।’

उनी थप्छन्, ‘चीन नेपाललाई आफ्नो सामान बेच्न चाहन्छ भने त्यसभन्दा ठूलो जोक अरू कुनै हुँदैन । नेपालका मानिस त रेलको टिकट किन्न पनि सक्ने छैनन् । सस्ता सामानको कुरा गर्ने हो भने नेपालमा एउटा ठूलै बजार त छ तर ठूलो मशिनरीका लागि त उसले भारतकै मुख ताक्नुपर्नेछ ।’

चीन नेपाललाई आफ्नो सामान बेच्न चाहन्छ भने त्यसभन्दा ठूलो जोक अरू कुनै हुँदैन । नेपालका मानिस त रेलको टिकट किन्न पनि सक्ने छैनन् । सस्ता सामानको कुरा गर्ने हो भने नेपालमा एउटा ठूलै बजार त छ तर ठूलो मशिनरीका लागि त उसले भारतकै मुख ताक्नुपर्नेछ ।’

सैबालका अनुसार, ‘चीनको एक मात्र उद्देश्य भारतको ढोकामा आफ्नो माल ल्याउनु हो र यसका लागि ऊ नोक्सानी सहन पनि तयार छ । अनि ऊ भारतमाथि पेटी सडक परियोजनाको अंग बन्ने दबाब दिन चाहन्छ किनकि भारतका व्यापारीहरू नै भारत किन यति ठूलो मौका हातबाट जान दिएको भन्नेछन् ।’

चीनका राष्ट्रपति शी चिनफिङ पेटी सडक परियोजनाअन्तर्गत एसियाका मुलुकहरूलाई अरबसँग जोड्न चाहन्छन् । तर धेरै जानकारहरूका अनुसार, यो पेटी सडक परियोजनामार्फत चीन महाशक्ति बन्ने आफ्नो सपना साकार पार्न चाहन्छ ।

चीनले भारतलाई पनि यसमा संलग्न हुन अनुरोध गरेको छ तर भारतले यसलाई अस्वीकार गरिरहेको छ । यस योजनाअन्तर्गत शुरू भएको चीन पाकिस्तान आर्थिक कोरिडर पाकिस्तानप्रशासित कश्मीर भएर जाने हुँदा आफ्नो सम्प्रभुताको उल्लंघन भएको भारतको जिकिर छ ।

भारतमा अर्को वर्ष आमनिर्वाचन हुँदैछ । सैबल दासगुप्ता भन्छन्, ‘चुनावअघि मोदी सरकार कुनै हालतमा पेटी सडक परियोजनाको समर्थन गर्ने पक्षमा छैन । यसलाई मानेर एउटा सीमको कुरा गर्दा अर्को सीमाको पजि प्रसंग उठ्ने उसको अनुमान छ । अखण्डताको सिद्धान्तलाई भारतले तिलाञ्जलि दिएमा उसले चुनावमा पराजय बेहोर्नुपर्ने हुन्छ ।’

उनका अनुसार, चीनले निकै ठूलो जुवा खेलिरहेको छ र भविष्यमा सरकारले शायद परियोजनालाई स्वीकृति देला । चीनले सीधै सरकारलाई दबाब नदिएर भारतका व्यापारीहरूलाई फाइदा पु–याउने काममार्फत दबाब दिने प्रयास गरिरहेको छ ।

नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे भन्छन्, ‘अघिल्लो वर्ष नेपाल चीनको पेटी सडक परियोजनाको अंग बन्ने सहमति बनेको थियो तर त्यसअन्तर्गत कुन परियोजना सञ्चालन गर्ने भन्ने निर्णय लिइएको थिएन ।’

उनका अनुसार, भारतले आधिकारिक रूपमा त नेपालले चीन र तिब्बतसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपालको निर्णय भएको भनेको छ । तर नेपालले जे गरेपनि भारतीय संवेदनशीलता र सुरक्षासम्बन्धी चिन्तालाई आघात पु–याउनु नहुने भारतको इच्छा छ ।

‘चीनको एक मात्र उद्देश्य भारतको ढोकामा आफ्नो माल ल्याउनु हो र यसका लागि ऊ नोक्सानी सहन पनि तयार छ । अनि ऊ भारतमाथि पेटी सडक परियोजनाको अंग बन्ने दबाब दिन चाहन्छ किनकि भारतका व्यापारीहरू नै भारत किन यति ठूलो मौका हातबाट जान दिएको भन्नेछन् ।’

उनी भन्छन्, ‘नेपालले बारम्बार छिमेकी मुलुक चीन र भारतको हितविरुद्ध कुनै काम नगर्ने बताउँदै आएको छ । तिब्बतसँग नेपालका १६ जिल्लाहरू टाँसिएका छन् त्यसैले तिब्बतसँग नजोडिइकन ती ठाउँको विकास सम्भव छैन ।’
घिमिरेले चीनको स्वायत्त क्षेत्र तिब्बत र नेपालबीच सन् १९६० को दशकमा चीनको सहयोगले कोदारी राजमार्ग बनेको जानकारी दिए ।

सन् २०१५ मा देशले नयाँ संविधान जारी गरेपछि मधेसीको मामिलामा भारतले नेपालमाथि आथिक नाकाबन्दी लगाएको अनि त्यसैले गर्दा नेपाल र भारतबीच तनाव बढेको थियो ।

त्यसपछि नेपाललाई भारतमा मात्र निर्भर रहँदा आफूलाई निकै मुश्किल हुने लाग्यो । अनि नेपालले चीनसँग सम्बन्ध बढाउन जरूरी भयो ।

तर रेलमार्ग बनेपछि चीनको सामान भारत आउँछ नै भन्ने छैन । उनी भन्छन्, ‘रेलमार्ग काठमाडौंसम्म मात्र आउने हो । अनि भारतले पनि त बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने कुरा गरेको छ र त्यो पाँच वर्षमा बन्नेछ ।’

‘द्विपक्षीय चर्चामा अधिकारीहरूले धेरैचोटि सीमापारि हुने तस्करीमा नियन्त्रण गर्ने कुरा गरेका छन् तर रेलमार्गले तस्करी बढाउँछ जस्तो मलाई लाग्दैन । यो सेवा यात्रीहरूका लागि शुरू गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...