कांग्रेसलाई एक नम्बर पार्टी बनाउने हो भने कम्युनिस्टबाट सिक्नुपर्छ भन्दै महतले शेरबहादुरलाई हप्काएपछि ……..



हाम्रो इकोनोमि

नेपाली कांग्रेसलाई नम्बर वान पार्टी बनाउन कम्युनिस्टबाट दुई कुरा सिक्नुपर्ने सुझाव सह महामन्त्री डा प्रकाशशरण महतले दिएका छन्।

पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका उनले ५ वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्। यसका लागि कम्युनिस्टबाट दुई वटा विषय सिक्नै पर्ने उनको सुझाव थियो।

‘कांग्रेसले अब जनाधार तयार गर्नुपर्छ। यसका लागि भ्रातृ संगठन पनि चलाउनुपर्छ। पार्टी अब आधुनिक ढंगले चलाउनुपर्छ। यसका लागि कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,’ महतले थपे, ‘त्यो भनेको संगठन शैली र प्रचार शैली।’

कम्युनिस्ट सिद्धान्त दुनियाँमा कतै नबिकेको सिद्धान्त प्रचार शैलीकै कारण नेपालमा टिकिरहेको उल्लेख गर्दै महतले अबका दिनमा कांग्रेसले प्रचार आक्रमक बनाउनुपर्ने तर्क गरेका थिए। महतले जिल्ला सभापतिहरुबाट प्राप्त मत केन्द्रीय समितिले आत्मसात गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...