कांग्रेसलाई एक नम्बर पार्टी बनाउने हो भने कम्युनिस्टबाट सिक्नुपर्छ भन्दै महतले शेरबहादुरलाई हप्काएपछि ……..



हाम्रो इकोनोमि

नेपाली कांग्रेसलाई नम्बर वान पार्टी बनाउन कम्युनिस्टबाट दुई कुरा सिक्नुपर्ने सुझाव सह महामन्त्री डा प्रकाशशरण महतले दिएका छन्।

पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका उनले ५ वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्। यसका लागि कम्युनिस्टबाट दुई वटा विषय सिक्नै पर्ने उनको सुझाव थियो।

‘कांग्रेसले अब जनाधार तयार गर्नुपर्छ। यसका लागि भ्रातृ संगठन पनि चलाउनुपर्छ। पार्टी अब आधुनिक ढंगले चलाउनुपर्छ। यसका लागि कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,’ महतले थपे, ‘त्यो भनेको संगठन शैली र प्रचार शैली।’

कम्युनिस्ट सिद्धान्त दुनियाँमा कतै नबिकेको सिद्धान्त प्रचार शैलीकै कारण नेपालमा टिकिरहेको उल्लेख गर्दै महतले अबका दिनमा कांग्रेसले प्रचार आक्रमक बनाउनुपर्ने तर्क गरेका थिए। महतले जिल्ला सभापतिहरुबाट प्राप्त मत केन्द्रीय समितिले आत्मसात गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...