सट्टेबाजीको नाममा ठगी गर्ने अग्रवाल प्रहरीको फन्दामा, २ करोड ४० लाख ठगी



हाम्रो इकोनोमि

धनुषाको जनकपुर नगरपालिका ३ घर भई काठमाडौंको पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालले आइपिएल क्रिकेटको सट्टबाजीको नाममा २ करोड ४० लाख रुपैया ठगी गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाले अग्रवाललाई पक्राउ गरेपछि नेपालमा आइपिएल क्रिेकटको नाममा सट्टेवाजी र ठगीको घटना बाहिर आएको हो । अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार अग्रवालले भारतमा चलेको क्ष्एी क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुने र हारेमा रकम फिर्ता हुन्छ भनी बिभिन्न ब्यक्तिबाट अग्रवालले सो रकम ठगी गरेका थिए ।

महोत्तरीको मनरासिसुवा नपा २ घर भई हाल काठमाडौंको सिफल बस्ने राकेश सिंह लगायतका व्यक्तिहरुबाट अग्रवालले सो रकम ठगी गरेका हुन । पीडितलाई ललाई फकाई रकम लिएपछि सम्पर्कबिहीन भएको अग्रगालबिरुद्ध उजुरी परेलगत्तै प्रहरीले खोजी तीब्र बनाएको थियो ।

दुई करोड चालिस लाख ठगी गरी सम्पर्क बिहिन भएको भनी महाशाखामा जाहेरी दरखास्त प्राप्त भए पश्चात निजको खोजतलाश गर्ने क्रममा शनिवार पानीपोखरीबाट अग्रवाललाई पक्राउ गरिएको एसपी जानकारी दिनुभयो । मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...