सट्टेबाजीको नाममा ठगी गर्ने अग्रवाल प्रहरीको फन्दामा, २ करोड ४० लाख ठगी



हाम्रो इकोनोमि

धनुषाको जनकपुर नगरपालिका ३ घर भई काठमाडौंको पानीपोखरी बस्ने अमृत भन्ने नथमल अग्रवालले आइपिएल क्रिकेटको सट्टबाजीको नाममा २ करोड ४० लाख रुपैया ठगी गरेको पाइएको छ ।

महानगरीय अपराध महाशाखाले अग्रवाललाई पक्राउ गरेपछि नेपालमा आइपिएल क्रिेकटको नाममा सट्टेवाजी र ठगीको घटना बाहिर आएको हो । अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार अग्रवालले भारतमा चलेको क्ष्एी क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुने र हारेमा रकम फिर्ता हुन्छ भनी बिभिन्न ब्यक्तिबाट अग्रवालले सो रकम ठगी गरेका थिए ।

महोत्तरीको मनरासिसुवा नपा २ घर भई हाल काठमाडौंको सिफल बस्ने राकेश सिंह लगायतका व्यक्तिहरुबाट अग्रवालले सो रकम ठगी गरेका हुन । पीडितलाई ललाई फकाई रकम लिएपछि सम्पर्कबिहीन भएको अग्रगालबिरुद्ध उजुरी परेलगत्तै प्रहरीले खोजी तीब्र बनाएको थियो ।

दुई करोड चालिस लाख ठगी गरी सम्पर्क बिहिन भएको भनी महाशाखामा जाहेरी दरखास्त प्राप्त भए पश्चात निजको खोजतलाश गर्ने क्रममा शनिवार पानीपोखरीबाट अग्रवाललाई पक्राउ गरिएको एसपी जानकारी दिनुभयो । मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...