कांग्रेसको छाँया सरकारले स्थानीय तहको काममा अनुगमन, काम नगरे अब यसरी बर्साउने दण्डा



हाम्रो इकोनोमि

रुकुममा स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।

बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो ।

विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताउनुभयो ।

अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता देखिएकोे प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो ।

कुनै योजनामा नयाँ निर्माण गर्दा खर्च भएको रकमभन्दा अहिले मर्मतमा बढी खर्च गरेको, गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेटअनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको छायाँ सरकार बाँफीकोटअन्तर्गत निर्माण तथा भौतिक पूर्वाधार विभागका संयोजक धीरेन्द्रकुमार शाहीले बताउनुभयो ।

निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटीरुपमा उपभोक्ता समिति गठन भएकाले पनि भने अनुसारको काम नभएको उहाँको भनाइ छ ।

छायाँ सरकारले गाउँपालिकाअन्तर्गत १० वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने प्रमुख खत्रीले बताउनुभयो । यहाँ भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...