कांग्रेसको छाँया सरकारले स्थानीय तहको काममा अनुगमन, काम नगरे अब यसरी बर्साउने दण्डा



रुकुममा स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् ।

बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो ।

विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताउनुभयो ।

अनुगमनका क्रममा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता देखिएकोे प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो ।

कुनै योजनामा नयाँ निर्माण गर्दा खर्च भएको रकमभन्दा अहिले मर्मतमा बढी खर्च गरेको, गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेटअनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको छायाँ सरकार बाँफीकोटअन्तर्गत निर्माण तथा भौतिक पूर्वाधार विभागका संयोजक धीरेन्द्रकुमार शाहीले बताउनुभयो ।

निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटीरुपमा उपभोक्ता समिति गठन भएकाले पनि भने अनुसारको काम नभएको उहाँको भनाइ छ ।

छायाँ सरकारले गाउँपालिकाअन्तर्गत १० वटै वडामा भएका सबै योजनाको अनुगमन गर्ने प्रमुख खत्रीले बताउनुभयो । यहाँ भएका योजना र अनियमितताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले अनुगमन गर्न शुरु गरिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा