तनाव कम गर्न देउवा सौराहामा, कार्यकर्ता नभेटाउन आफ्ना पिएलाई उर्दी



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको सम्मेलनमा भाग लिन हेटौडा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा  तनाव कम गर्नका लागि पर्यटकीय नगरी सौराहामा रहेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा उनलाई कार्यकर्ताहरुले निरंकुशतातर्फ उन्मुख भएको बताएका थिए । त्यही रन्को मेटाउनको लागि उनी आरामका लागि चितवन सौराहास्थित होटल सेभेन स्टारमा आराम गर्न गएका हुन । देउवाका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ ।

सभापति देउवाको शनिबार काठमाडौँ कार्यक्रम रहे पनि अझैसम्म सौराहामै रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...