सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका ह्रदयश त्रिपाठीको स्वतन्त्र समूह नेकपामा मिसाउने तयारी, एक हप्ताभित्र नेकपामा बिलय हुने



प्रतिनिधिसभा सदस्य ह्रदयश त्रिपाठीको समूहले ‘स्वतन्त्र राजनीतिक समूह’ लाई पार्टीको रुप दिने तयारीमा लागेका छन् ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल छाडेर स्वतन्त्र राजीतिक समूह गठन गरि एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग समेत लिएका त्रिपाठले छुट्टै पार्टी बनाउने कि नेकपामा मिसाउने तयारीमा लागेका छन् ।

सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका ह्रदयश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूह नेकपामा मिसाउने तयारी गरेको छ । भोली नै नेकपामा बिलय हुने समाचार स्रोत बताउँछ ।

तर, समूह गठन भएपछि त्यसप्रति एमालेको जुन चासो थियो, अहिले त्यसमा कमी आएको छ । त्यतिबेला एमालेले नै एकीकरण गरौं भनि प्रस्ताव गरेको थियो । त्यतिबेला नेता त्रिपाठीले अहिले हतार नगरौं भनि थामथुम पारेका थिए ।

तर, अहिले नेकपाले वास्ता गर्न छाडेपछि समूहले पार्टीको रुप दिने कि तयारमिा लागेको बताइन्छ । त्यसका लागि भेला बोलाउने तयारी भइरहेको छ । शुरुमा प्रदेशस्तरको भेला गर्ने त्यसपछि राष्ट्रिय भेला गरेर एउटा निर्णय लिने समूहका नेता ईश्वर दयाल मिश्रले बताए ।

उनले भने, ‘समूहलाई के गर्ने भनि समान्य छलफल चलेपनि कुनै ठोस निष्कर्ष निस्केको छैन, प्रदेशस्तरको भेलाहरु गरेर मात्र एउटा निर्णय लिन्छौं । अहिले कसैसँग मर्ज गर्न पनि हतार छैन, पार्टी बनाउने हतार पनि छैन ।’

कसैले पाँच नम्बर र दुई नम्बर मिलाएर पार्टी बनाउ भनि सल्लाह दिइरहेका छन् भने कसैले एक, दुई र पाँच मिलाएर पार्टी बनाउ भनि सल्लाह दिइरहेका छन् भने कसैले राष्ट्रिय पार्टी बनाउ त कसैले कुनै पार्टीसँग एकीकरण गरौ भनि सल्लाह दिइरहेको बताउँदै उनले अनौपचारिक छलफलहरुमा विभिन्न कुराहरु आइरहेका छन् तर कुनै निष्कर्ष निस्कन नसकेको बताए ।

समूहबाट चारजना प्रतिनिधिसभा र तीनजना प्रदेश सांसदमा सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । त्यसमध्ये प्रतिनिधिसभामा दुईजना र प्रदेशसभामा तीनै जना चुनाव जितेका हुन् । प्रदेशसभामा तीनजना चुनाव जितेकामध्ये एकजना तत्कालीन एमालेमा प्रवेश गरिसकेका छन् ।

समूहका संयोजक त्रिपाठी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट चुनाव जितेका छन् भने वृजेश गुप्ता कपिलवस्तु २ बाट चुनाव जितेका छन् ।  दुईजना संघीय सांसद र दुईजना प्रदेश सांसद लिएर बसेको स्वतन्त्र राजनीतिकक समूहलाई नेकपाले वास्ता नगर्नुको एउटै कारण हो चुनाव चिन्ह ।

सूर्य चुनाव चिन्हबाट निर्वाचन जितेका उनीहरुले चाहेर पनि एमालेको विरुद्धमा जान सक्दैन । नेकपाले बाहेक अरु कुनै पार्टीमा जान पनि सक्दैन ।

समूहसँग एउटै विकल्प छ, छुट्टै पार्टी बनाउने वा नेपाल कम्युनिष्ट पार्टीमा मर्ज हुने । छुट्टै पार्टी बनाएपछि अन्ततः पछि नेकपासँग नै मिसिनुपर्ने हुन्छ त्यही भएर पार्टी बनाउन हतार नगर्ने हो कि एक पक्षको सोचाइरहेको छ ।

प्रतिनिधिसभा सांसद एवं समूहका नेता वृजेश गुप्ताले भने, ‘शुरुमा एमालेसँग मर्ज गर्ने कुरा चलेको थियो, अहिले त्यो पनि हराएको छ, कहिलकाँही साथी भाइमा अनौपचारिक कुराकानी भयो भने भयो नभए केही आगाडी बढेको छैन ।’  केही कुराकानी भएपनि खासै प्रगति नभएको नेता गुप्ताले बताए ।

राजपाका नेता त्रिपाठीप्रति आकर्षित
त्रिपाठीले आफ्नो समूहलाई कुनै ठोस रुप दिए राजपा नेपालबाट थुप्रै नेताहरु त्यसमा सहभागी हुने बताइएको छ ।  राजपा नेपाल भित्रको यस्त व्यस्तता र अन्तरिक किचलोका कारण थुप्रै नेताहरु त्रिपाठीतिर आकर्षित भएका छन् । राजपा नेपालकै कतिपय नेताहरुले त्रिपाठीलाई छिटो कुनै निर्णय दवाव दिइरहेका छन् । तर, त्रिपाठीले अझै केही पर्खौं भन्दै आएका रहेका छन् ।

राजपा नेपालका नेताहरु त्रिपाठीको निरन्तर सम्पर्कमा रहेका छन् । समूहका नेता वृजेश गुप्ताले भने, हामीले राजपा नेपालबाट अलग भएको बेलादेखि नै थुप्रै नेताहरु हाम्रो सम्पर्कमा आउनुभयो ।

पार्टी नै बनाउ पनि भन्नुभयो तर हामीले त्यतिबेला त्यतातिर ध्यान दिएनौ । त्यतिबेला हाम्रो आफ्नै कुनै ठेगान थिएन, त्यसमा अरु साथीलाई साथमा लिएको भए व्यवस्थापन गर्ने समस्या हुने देखिएकाले त्यतिबेला आआफ्नो तरिकाले आगाडी बढेको उनले बताए ।

नेता इश्वार दयाल मिश्रले भने, अहिले पनि राजपा नेपालका नेताहरुसँग मात्र होइन, दुई नम्बर प्रदेशका विभिन्न दलका नेताहरुसँग कुराकानी भइरहेको छ, थुप्रै नेता हाम्रो समूहमा आवद्ध हुने चाहना राख्नुभएको छ तर अहिले हामीले रोकेका छौं । हामी एउटा कुनै निर्णयमा पुगेपछि मात्र केही गर्छौं ।’

संघीय संसदको अधिवेशन सकेपछि समूहको बैठक बस्ने बताइएको छ । प्रदेश ५–७, प्रदेश १–२ र प्रदेश ३ को छुट्टा छुट्टै भेला गर्ने तयारी भइरहेको छ । यो भेला पनि एउटा राष्ट्रिय भेला गरेर केही निर्णय लिने तयारीमा छ स्वतन्त्र राजनीतिक समूह ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा