सरकारमा जाने बिषयमा राजपामा मारामार, प्रेमिकालाई चुम्मा खाए पछि रोकिए महतो, भण्डारी र राजकिशोरलाई चिठ्ठा



सरकार र मधेश केन्द्रित दल पर्यायावाची शब्द हुन भन्ने आरोप छ । हुन पनि हरेक पटकको सरकारमा मधेश केन्द्रित दलको नेता मन्त्री हुन पुग्थे ।

सरकारमा जाने बिषयमा राजपामा मारामार परेको छ । तरुनीको कुरा उठेपछि महतोको सरकारमा जाने बाटो रोकीएको छ । यसको फाइदा भण्डारी र राजकिशोर हुने भएको छ ।

तर, विडम्वना २०७२ साल असोज ३ मा संविधान जारी भएपछि त्यसो हुन पाएको छैन । झन्डै दुई बर्ष आन्दोलनमा रहेका उनीहरु सरकार नहुँद़ा भूमिकाविहीन भए ।

सरकारमा नहुँद़ा को वेफाइदाको बुझाइले नै होला अहिले जसरी पनि सरकारमा जानुपर्ने लाइनमा राजपाका केही नेता देखिन थालेका छन् ।

संघीय समाजवादी फोरम केपी ओली सरकारमा सहभागी भइसकेको छ । मधेश केन्द्रित दल राजपा सरकारमा कसरी जाने भन्ने योजना बनाइरहेको स्रोत को दावी छ । राजपा दलबाट सरकारमा जान हतारो गर्नेमा भने राजेन्द्र महतो र शतरसिंह भण्डारी रहेको चर्चँ छ ।

पूर्व तमलोपा अर्थात् महन्थ ठाकुर, वृजेशलालहरुको समूह भने सरकारमा जान नहुने लाइनमा देखिएको राजपा स्रोत बताउछ ।

सरकारमा जा“दा प्रधानमन्त्री ओलीको निकट हुन पाइन्छ भनेर राजकिशोर यादव तटस्थ जस्तो देखिन्छन्, सरकारमा जाने कि नजाने भन्नेमा । बेलामौकामा ओलीसंग भेटघाट गर्ने र ओलीको तराईको ग्राफ बढेको छ भन्दै अन्तर्वार्ता दिंदै हिंडेको आरोप उनीमाथि छ ।

राजकिशोरको गुटबाट एक्लो दावेदार भएकाले उनी मन्त्री भइन्छ कि भन्ने आशमा छन । त्यसैले पनि तटस्थ बसेको राजपाभित्र चर्चा छ । राजेन्द्र महतो स्वतः मन्त्री हुने लाइनमा छन । एकातिर प्रधानमन्त्री ओलीसंग सम्बन्ध सुधार गरेका महतो पार्टीभित्र पनि प्रभावी मानिन्छन् ।

जसले गर्दा महतो मन्त्री हुनेछन् र अर्को एक सीट मन्त्रीका लागि शरतसिंह भण्डारी दावेदार छन् । राजपाका शरतसिंह भण्डारी गुटले प्रदेश २ को सरकारमा मन्त्री पाएको छैन ।

प्रदेश २ को सरकारमा अझै ३ जना राज्यमन्त्री पठाउने राजपाको तयारी छ र त्यहाँ भण्डारी, अनिल झा र राजकिशोर यादव गुटबाट एक/एक जना सेट गर्ने भनिएको छ । तर, त्यो निर्णय पनि हुन सकेको छैन ।

राजपाका नेताहरुले अहिले सरकारमा जान बाटो खोजिरहेका स्रोत बताउछ । हुन त राजपाका लागि मन्त्रालय पनि खाली छैनन । उनीहरुले दुईवटा मन्त्रालय दावी गरेका छन् ।

राजपाका एक नेताको भनाइमा एकजना मन्त्रीलाई फिर्ता बोलाउने र एउटा मन्त्रालय विभाजन गरे हुन्छ । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् ब्यवस्था गरेकाले अहिले २४ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

राजेन्द्र महतोले पार्टी कार्यालयमै प्रेमिका सांसदलाई अंगालो मारेर चुम्मा खाए पछि बबाल

सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) भित्र यतिवेला अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम लिलाबारे चर्चा भएको छ । पार्टीको केही दिन यता लगातार बसेको बैठकमा समेत यो विषयबारे व्यापक कुराहरु उठेको स्रोतको दाबी छ ।

खासगरी नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएदेखि नै अध्यक्ष मण्डलका सदस्य महतोको नाम जोडेर विभिन्न टिकाटिप्पणीहरु भएका थिए । त्यतिवेला पनि सांसद ढकालको चर्चाले सामाजिक सञ्जालहरु रंगिएका थिए ।

अहिले यो विषयले पार्टीभित्र पूनः चर्चा पाएको बुझिएको छ । सांसद रहेका नेता महतो प्रेममा लसपसिँदा पार्टीभित्र हंगामा भएको एक नेताले बताए ।

उनले भने,“यो विषयमा अहिले पार्टीभित्र निकै चर्चा छ, केही नेताहरुले राजेन्द्र महतोजीसँग तपाईको नाम जोडेर बाहिर यस्तो बद्नाम भयो, यो के गरेको भनेर सोध्नुभएको थियो, तर राजेन्द्र महतोजीले यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्दै नरमायाको बचाउ गर्नुभयो।”

महतोले ढकाल ठीक मान्छे भएको बताउँदै उनको विषयमा कुरै नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ढकाललाई सांसद बनाएपछि सामाजिक सञ्जालमात्रै नभएर त्यतिवेला पनि राजपामा खैलाबैला मच्चिएको थियो ।

ढकाल खसआर्य सूचीबाट सांसद बन्न सफल भएकी थिईन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन नचाहेको खबरहरु बाहिरिएका थिए । तर, यी सबैका बावजुद ढकाललाई नेता महतोकै “हेभ्भी प्रेसर” ले सांसद बनाईएको पार्टी पंक्तिका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

राजेन्द्र महतोले केही दिन पहिले पार्टी कार्यालयमै आफ्नी प्रेमिका साम्सद नरमाया ढकाललाई अंगालो मारे पछी उनको चर्चा थप चुलिएको हो।

गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।

तीन जना राज्य मन्त्रीहरु छन् । एउटा मन्त्रालय विभाजन गरे २५सदस्यीय मन्त्रिपरिषद् बन्छ । एकजनालाई फिर्ता बोलाए दुई जना राजपाका नेतालाई सेट गर्न सकिने अवस्था छ ।

राजपाका नेताहरुले उद्योग बाणिज्य तथा आपूर्र्ति, उर्जा तथा सिंचाई र कृषि, भूमि तथा व्यवस्था मन्त्रालयलाई विभाजन गर्न सकिने भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा