प्रदेश नं ४ का मुख्यमन्त्रीले केन्द्र सरकारलार्इ यसरी थर्काए, आइन्दा यस्तो नर्गन ओलीलाई चेतावनी



प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी अाेली चीन गएकाे माैका छाेपी केन्द्र सरकारप्रति अाक्राेश ब्यक्त गरेका छन्। उनले भने,’ अागामी अार्थिक वर्षकाे लागि अाएकाे नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सरकारले प्रदेश नं ४ लार्इ उपेक्षित गरेकाे छ।’

बेसीशहर नगरपालिकाको तेस्रो नगरसभाको शुक्रबार उद्घाटन गदै मुख्यमन्त्री गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताए। जसमा प्रदेश नं ४ लार्इ सरकारले खासै प्राथमिकता नदिएकाे मुख्यमन्त्री गुरुङले अाराेप लगाए।

‘राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ । ‘स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ’, मुख्यमन्त्री गुरुङले भने,‘असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया प्रभावित हुन्छ’

केन्द्रीय सरकारले प्रदेश नं ४ लाई कम बजेट छुट्याएकोमा असन्तुष्टि व्यक्त गर्दै गुरुङले सरकारले बजेट बाडफाँडमा प्रदेश सरकारलाई महत्व नदिएको बताए ।

मुख्यमन्त्री गुरुङले राज्य सत्तामा केन्द्रदेखि स्थानीय तहसम्मको समान हक लाग्ने हुँदा स्रोत साधनको वितरण न्यायोचित हुनुपर्नेमा जोड दिदैें प्रदेश सरकार र स्थानीय तहले जनशक्ति र स्रोत साधनको अभावमा प्रभावकारी काम गर्न नसकेको बताए ।

मुख्यमन्त्री गुरुङले संघीय र प्रदेश सरकारले जे जसरी पहिले नीति र कार्यक्रम त्यसपछि बजेट ल्याउने गर्दछन् स्थानीय तहले पनि त्यस्तो कार्य गर्न आवश्यक रहेको बताए ।

प्रदेश सरकारले केन्द्र सरकारबाट ३० प्रतिशत बजेट विनियोजन गर्नु पर्छ ।’ उनले प्रश्न गरे ‘मुलुकमा उत्पादन भएको विद्युतको ५० प्रतिशत उत्पादन गर्ने प्रदेशले त्यसको रोयल्टी पनि त्यही अनुपातमा पाउनु पर्दैन रु’ स्थानीय सरकारसँग पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, स्वास्थ्यसेवा, पूर्वाधार निर्माण जस्ता कार्यमा सहकार्य गर्ने गरी प्रदेश सरकारले नीति र कार्यक्रम ल्याएको मुख्यमन्त्री गुरुङले बताए ।

एक घण्टा लामो सम्बोधनको क्रममा उनले भने प्रदेश सरकार आफैले विद्युत आयोजना निर्माण गर्ने सोचमा छ, त्यसका लागी पनि स्थानीय तहको सरकारसँग सहकार्य गर्ने र जनजनमा नसके पनि प्रत्येक घरमा सेयर र अबको २ वर्षमा प्रदेशका सबै घरमा विजुली पु¥याउने प्रदेश सरकारको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा