विप्लवमाथि गृहमन्त्रीले लिए कडा एक्सन,विप्लवलाई एक हप्ताभित्र पक्राउ गर्छु , चन्दका एक दर्जन ठूला नेता प्रहरी खोरमा



गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वसहकर्मी एवं नेपाल कम्युनिष्ट माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि कडा एक्सन लिएका छन्। मन्त्री थापाले अदालतबाट छुटेका विप्लवका ठूला नेताहरुलाई प्रहरी परिचालन गरेर पुनः पक्राउ गरेर प्रहरी खोरमा हालेका हुन्।

प्रहरीले विप्लवका कोशी ब्यूरो इन्चार्ज एवं केन्द्रिय सदस्य तथा पूर्व सभासद किरण राईसहित चार नेतालाई पक्राउ गरेको छ। सुन तस्करको सफल अनुसन्धान, काम नगर्ने ठेकेदारमाथि धरपकड, एनजिओ आइएनजिओमाथि कडाई गरेर चर्चामा आएका गृहमन्त्री थापाले विप्लवमाथि एक्सन लिएको हुन।

यसअघि उनीहरुलाई चैत ५ गते धनकुटाको हिलेबाट गिरफर गरिएको थियो। धनकुटा प्रशासनने सामान्य धरौटीमा छोडेको थियो। फेरि प्रशासन कार्यालय परिसरबाटै उदयपुर प्रहरीले नियन्त्रणमा लियो। उदयपुर जिल्ला अदालतले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दियो।

फेरि मोरङ प्रहरीले उनीहरुलाई उदयपुर अदालत परिसरबाटै गिरफ्तार गर्यो। बिराटनगर उच्च अदालतने धरौटीमा रिहा गर्न आदेश दियो। त्यसपछि झापा प्रहरीले गिरफ्तार गर्यो। तर, झापा अदालतने उनीहरु सबैलाई सामान्य धरौटीमा छोड्यो।

तर, अदालतको छोड्ने निर्णयलाई चुनौती दिँदै गृहमन्त्री थापाले पुन पक्राउ गर्न लगाए। इलाका प्रहरी कार्यालयले हिरासतमा लिएको छ। उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने तयारी प्रहरीले गरे।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा