खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको मुद्दा काँग्रेसले अंगाल्ने, हेटौंडाबाट भयो चमत्कार



हाम्रो इकोनोमि

नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ । नेपाली काँग्रेसका ५ जना जिल्ला सभापतिले हिन्दुराष्ट्रको उठाएका हुन ।

डडेल्धुराका सभापति कर्ण मल्ल, पर्साका अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङ्का कीर्ति खड्का, पर्वतका खिम प्रसाद भुसालले पार्टीले हिन्दुरास्ट्रको मुद्दा  लिएर जानुपर्ने बताएका हुन ।

बन्दसत्रको दोस्रो दिन बिहीवार बोल्ने ५ जना पार्टी सभापतिहरूले हिन्दुराष्ट्रको एजेण्डालाई महासमिति वैठकबाट पारित गराएर पार्टीको एजेण्डा बनाउनु पर्ने माग गरे ।

हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका काँग्रेसका तत्कालिन नेता स्वर्गीय खुम बहादुर खड्काले उठाउँदै आएको हिन्दु राष्ट्रको मुद्धा सभापतिको भेलासँगै महासमिति वैठकसम्म लैजाने तयारी जिल्ला सभापतिहरूको छ ।

सभापति शेर बहादुर देउबाको गृहजिल्ला डडेल्धुराको कार्यसमिति वैठकले पारित गरेरै ल्याएको हिन्दुराष्ट्रको मुद्धा जिल्ला सभापति मल्लले वैठकमा राखेका थिए । उनले अन्य सभापतिलाई पनि सो एजेण्डाको पक्षमा उभिन लविङ् गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...