दशजोड दुईको पाठ्यक्रम परिमार्जनको जिम्मा प्रदेशलाई नै दिनुपर्ने माग



हाम्रो इकोनोमि

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको सन्दर्भमा पाठ्यक्रमको निर्णय गर्ने व्यवस्था प्रदेशलाई नै छाड्नु पर्नेमा जोड दिनुभयो ।

सांसद बलराम बाँस्कोटाले मुलुकको कला, संस्कृति, भाषाको संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामपृत पासवानले शिक्षामा दलित छात्राले पाउँदै आएको आरक्षण कोटा कटौती भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद कमलाकुमारी ओलीले मुलुकका विभिन्न स्थानमा महिला हिंसा बढेको र आपराधिक क्रियाकलापमा संलग्न भएकाहरु खुल्लमखुल्ला हिँड्दासमेत कारबाही नभएकामा गुनासो गर्नुभयो ।

सांसद उदय शर्मा पौडेलले कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्थापन सही ढंगबाट हुन नसक्दा कृषि उत्पादन वृद्धि हुन नसकेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...