दशजोड दुईको पाठ्यक्रम परिमार्जनको जिम्मा प्रदेशलाई नै दिनुपर्ने माग



हाम्रो इकोनोमि

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको सन्दर्भमा पाठ्यक्रमको निर्णय गर्ने व्यवस्था प्रदेशलाई नै छाड्नु पर्नेमा जोड दिनुभयो ।

सांसद बलराम बाँस्कोटाले मुलुकको कला, संस्कृति, भाषाको संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामपृत पासवानले शिक्षामा दलित छात्राले पाउँदै आएको आरक्षण कोटा कटौती भएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद कमलाकुमारी ओलीले मुलुकका विभिन्न स्थानमा महिला हिंसा बढेको र आपराधिक क्रियाकलापमा संलग्न भएकाहरु खुल्लमखुल्ला हिँड्दासमेत कारबाही नभएकामा गुनासो गर्नुभयो ।

सांसद उदय शर्मा पौडेलले कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको व्यवस्थापन सही ढंगबाट हुन नसक्दा कृषि उत्पादन वृद्धि हुन नसकेको भन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...