निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओली सरकारले काटेपछि गगन आगो, संसदबाटै थर्काए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधीसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शिर्षकको  खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्तर्गतका योजना तर्जुमामा सरकार र सम्बन्धित मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए । सरकारले अघि सारेका मन्त्रालय अन्तर्गतका कार्यक्रमहरुबाट स्वास्थ्य मन्त्रालयको चुनौती र जिम्मेवारी हेक्का नरहेको स्पष्ट भएको टिप्पणी उनको थियो । उनले भने, “चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन । यो आग्रह हो ।”

उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले बिर्सिएको दाबी गरे । संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दै उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्टि जनाए ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभूत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे ।

स्वास्थ्यको धेरै जिम्मेवारी तल्लो तहलाई दिएको तर, अरु मन्त्रालयलाई जस्तो स्वास्थ्यमा सहज नभएको उनले बताए । जनशक्ति अभाव, कमजोर संरचना कमजोर लगायतका समस्या रहेको भन्दै उनले स्थानीय तहलाई दिएको अधिकार फेरि केन्द्रमा फर्काएको पाकिस्तानबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

उनका अनुसार जनस्वास्थ ऐन, प्रजनन स्वास्थ्ष्यसम्बन्धी ऐन असोजभित्र बनिसक्नुपर्नेछ । तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कुनै पनि काम अघि बढेको छैन।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...