निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओली सरकारले काटेपछि गगन आगो, संसदबाटै थर्काए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई नजरअन्दाज गरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधीसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शिर्षकको  खर्च रकममा १ सय रुपैयाँ कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्तर्गतका योजना तर्जुमामा सरकार र सम्बन्धित मन्त्रालयले उचित ध्यान पुर्याउन नसकेको बताए । सरकारले अघि सारेका मन्त्रालय अन्तर्गतका कार्यक्रमहरुबाट स्वास्थ्य मन्त्रालयको चुनौती र जिम्मेवारी हेक्का नरहेको स्पष्ट भएको टिप्पणी उनको थियो । उनले भने, “चुनौति र जिम्मेवारीको हेक्का गरिएको छैन । यो आग्रह हो ।”

उनले दीर्घकालिन स्वास्थ्य सेवाका लागि चालिएको नीतिगत प्रयास तथा अध्ययन प्रतिवेदनले निर्दिष्ठ गरेका विषयलाई मन्त्रालयले बिर्सिएको दाबी गरे । संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दै उनले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्टि जनाए ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफूले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभूत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे ।

स्वास्थ्यको धेरै जिम्मेवारी तल्लो तहलाई दिएको तर, अरु मन्त्रालयलाई जस्तो स्वास्थ्यमा सहज नभएको उनले बताए । जनशक्ति अभाव, कमजोर संरचना कमजोर लगायतका समस्या रहेको भन्दै उनले स्थानीय तहलाई दिएको अधिकार फेरि केन्द्रमा फर्काएको पाकिस्तानबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

उनका अनुसार जनस्वास्थ ऐन, प्रजनन स्वास्थ्ष्यसम्बन्धी ऐन असोजभित्र बनिसक्नुपर्नेछ । तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कुनै पनि काम अघि बढेको छैन।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...