एमाले भएकाले सिलवालको बढुवा रोकेको देउवाको स्परोक्ति



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको बताएका छन् ।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी गरेका छन् ।

भेलामा सहभागी अधिकांश जिल्ला सभापतिहरुले तत्कालीन डिआइजी सिलवाल र प्रधानन्यायाधीश कार्की काण्डका कारण पार्टीले चुनावमा हार व्यहोरेको भन्दै देउवासँग यसको जवाफ मागेका थिए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले यी दुई कुरामा गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए ।

देउवाले तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग तथा डिआइजी सिलवालाई प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिदै यी दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी बढुवा गरेको उनले दाबी गरे । यद्यपी, सिलवाल अहिले तत्कालीन एमालेबाट सांसद भएको प्रसंगतर्फ संकेत गर्दै उनले सिलवाल एमाले भएका कारण बढुवा नगरिएको पनि बताए ।

‘जाली काम गर्ने अहिले कहाँ छन् रु’ देउवाले भने, ‘उनी ९सिलवाल० त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो ।’ सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजीपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि आफूहरुले प्रकाश अर्याललाई आइजीपी बनाएको उनको भनाइ थियो । यद्यपी, देउवा नेतृत्वको सरकारले शुरुमा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । अदालतको फैसलापछि अर्याल आइजीपी भएका थिए ।

नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि देउवा नेतृत्वको सरकारले महाअभियोग पनि लगाएको थियो । तर, पछि महाअभियोग फिर्ता लगिएको थियो । ‘कार्कीको कार्यक्षमतामा पनि कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो,’ देउवाले प्रष्टिकरण दिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...