एमाले भएकाले सिलवालको बढुवा रोकेको देउवाको स्परोक्ति



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन डिआइजी नवराज सिलवाल एमाले कार्यकर्ता भएकाले बढुवा नगरिएको बताएका छन् ।

हेटौँडामा भएको काँग्रेस जिल्ला सभापतिहरुको भेलालाई शुक्रबार समापन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउनु पनि ठीक भएको दाबी गरेका छन् ।

भेलामा सहभागी अधिकांश जिल्ला सभापतिहरुले तत्कालीन डिआइजी सिलवाल र प्रधानन्यायाधीश कार्की काण्डका कारण पार्टीले चुनावमा हार व्यहोरेको भन्दै देउवासँग यसको जवाफ मागेका थिए । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले यी दुई कुरामा गल्ती गरेको भन्दै देउवाको आलोचना गरेका थिए ।

देउवाले तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग तथा डिआइजी सिलवालाई प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादबारे जिल्ला सभापतिहरुलाई प्रष्टीकरण दिदै यी दुवै प्रकरणमा आफूले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् । कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी बढुवा गरेको उनले दाबी गरे । यद्यपी, सिलवाल अहिले तत्कालीन एमालेबाट सांसद भएको प्रसंगतर्फ संकेत गर्दै उनले सिलवाल एमाले भएका कारण बढुवा नगरिएको पनि बताए ।

‘जाली काम गर्ने अहिले कहाँ छन् रु’ देउवाले भने, ‘उनी ९सिलवाल० त एमाले कार्यकर्ता रहेछन्, त्यही भएर उनलाई बढुवा नगरिएको हो ।’ सिलवालले पेस गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको भनेर तत्कालीन आइजीपी र लोकसेवा आयोगका अध्यक्षले भनेपछि आफूहरुले प्रकाश अर्याललाई आइजीपी बनाएको उनको भनाइ थियो । यद्यपी, देउवा नेतृत्वको सरकारले शुरुमा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएको थियो । अदालतको फैसलापछि अर्याल आइजीपी भएका थिए ।

नक्कली कार्यसम्पादन मूल्यांकनका आधारमा फैसला गरेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कार्कीमाथि देउवा नेतृत्वको सरकारले महाअभियोग पनि लगाएको थियो । तर, पछि महाअभियोग फिर्ता लगिएको थियो । ‘कार्कीको कार्यक्षमतामा पनि कमजोरी देखियो, त्यही कारण महाअभियोग लगाउनुपरेको हो,’ देउवाले प्रष्टिकरण दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...