पौडेलले गरे देउवाको मन जित्ने कुरा, यसरी मिले यी दुई बुढा, कांग्रेसले पनि गर्ने भो मेची–महाकाली अभियान



हाम्रो इकोनोमि

गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखिएका तिक्तताहरु छोडेर एकतावद्ध भएर अगाडि बढ्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आफू सदैव एकताको पक्षपाती रहेको जिकिर गर्दै आफू कुनै पनि गुटबन्दीमा नलागेको र आफ्नो कुनै गुट नभएको स्पष्ट पार्दै पौडेलले हेटौंडामा आयोजित कांग्रेसका जिल्ला सभापतिहरुको राष्टि«य भेलाको समापन समारोहमा भने, ‘मेरो अहिले पनि कुनै गुट छैन् । मैले त दृष्टि नपुगेकाहरुको आवाजलाई मैले कहिलेकाँही सहयोग गरिदिन्छु।’

पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई समान व्यवहार नगर्दा हेपाईमा परेकाहरुसँग आफू उभिएको आशय व्यक्त गर्दै पार्टीलाई मिलाएर लैजानुको विकल्प नभएको र आपसमा नमिलेका कुराहरु एकआपसमा बसेर मिलाउन सकिने पनि प्रष्ट पारे ।

मेची–महाकाली अभियान सञ्चालन गर्ने

जिल्ला सभापतिहरुको भेलामा एकताको सन्देश दिएका पौडेलले कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका छन् । कांग्रेसलाई नयाँ जीवन प्रदान गर्न मेची–महाकाली अभियान सञ्चालन गर्ने प्रतिज्ञा गरेका हुन् ।

पार्टीलाई सजग गराउन थालिने अभियानका क्रममा सवैलाई समेटेर जाने र कसैको पनि टिप्पणी नगरेर जिल्ला जिल्ला पुग्ने उनको भनाई थियो।

“कांग्रेसलाई सजग गर्ने, नयाँ जीवन दिने एउटा अभियान लिएर म मेची महाकालीका सवै ठाउँमा जान्छु । र म कुनै साथीको टिप्पणी नगरीकन पोजेटिभ ढंगबाट पार्टीलाई सशक्त बनाउने कुरा मात्रै गरेर अगाडि बढ्छु,” नेता पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...