बैंकहरुको आयो नयाँ ब्याजदर स्किम, हेर्नुहोस कुन बैंकको कति



हाम्रो इकोनोमि

बैंकर्स संघले झण्डै ५ महिनाको बीचमा दुई पटक बैंकहरुको ब्याजदर सीमा निर्धारण गरेको छ । ब्याजदर चुलिंदै गएपछि झण्डै ५ महिना अघि बैंकहरुले मुद्दति निक्षेपमा ११५ र बचतमा १०५ मात्र ब्याज दिने सहमति गरे । फेरि बैंकमा तरलता सहज भएको भन्दै ब्याजदरमा सीमा तोक्न नपर्ने भन्दै सीमा खारेज गरियो । फेरि यसरी सीमा खारेज गरिएको २ साता पनि नबित्दै बैंकर्स संघले बजार अनियन्त्रित भयो भन्दै दोस्रोपटक ब्याजदरमा क्याप लगाउने सहमति गरेका छन् ।

बैंकहरुले मुद्दति निक्षेपमा ब्याजदर बढाएर १२।५०५ सम्म पुर्याएपछि केन्द्रीय बैंकको समेत सहमतिमा नयाँ क्याप निर्धारण गरिएको हो । अब मुद्दतिमा ११५ र बचतमा ७५ सीमा भित्र ब्याज दिइने सहमति गरिएको छ । यसअघि बैंकहरुले मनोमानी ढंगले ब्याज बढाएकोले अर्थतन्त्रलाई नकारात्मक असर परेको भन्दै उद्यमी, व्यवसायीहरुले विरोध जनाए ।


ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने आवाज उठ्यो । संघले पुनः दोस्रो पटक ब्याजदर तोकेपछि बैंकहरुले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बैंकर्स संघले बिहीबार नयाँ सहमति गरेपछि शुक्रबार नै बैंकहरुले नयाँ दर सार्वजनिक गरेका छन् । शुक्रबार १९ वटा बैंकहरुले नयाँ सहमति अनुसार ब्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ सहमित अनुसार मुद्दति निक्षेपमा सबैभन्दा बढी हिमालयन, सिद्धार्थ र कुमारी बैंकले ११५ ब्याज दिने भएका छन भने बाँकी बैंकले १०।५०५ ब्याज दिने भन्दै सूचना सार्वजनिक गरेका छन् । यता, बैंकहरु सबैले बचतमा पनि सहमति अनुसार कायम भएको नयाँ सीमामै रहेर ब्याजदर दिने सूचना सार्वजनिक गरेका छन् ।

माछापुच्छ्रे र प्रभु बैंकले ६५ ब्याज दिने भने पनि बाँकी रहेका १६ वटा बैंकहरुले ७५ ब्याज दिने उल्लेख गरेका छन् । सनराइज, हिमालयन, ग्लोबल आइएमई, नेपाल एसबीआई, जनता, सिटिजन्स,नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाण्डूले भने बचतमा कति ब्याज दिने भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...