बैंकहरुको आयो नयाँ ब्याजदर स्किम, हेर्नुहोस कुन बैंकको कति



हाम्रो इकोनोमि

बैंकर्स संघले झण्डै ५ महिनाको बीचमा दुई पटक बैंकहरुको ब्याजदर सीमा निर्धारण गरेको छ । ब्याजदर चुलिंदै गएपछि झण्डै ५ महिना अघि बैंकहरुले मुद्दति निक्षेपमा ११५ र बचतमा १०५ मात्र ब्याज दिने सहमति गरे । फेरि बैंकमा तरलता सहज भएको भन्दै ब्याजदरमा सीमा तोक्न नपर्ने भन्दै सीमा खारेज गरियो । फेरि यसरी सीमा खारेज गरिएको २ साता पनि नबित्दै बैंकर्स संघले बजार अनियन्त्रित भयो भन्दै दोस्रोपटक ब्याजदरमा क्याप लगाउने सहमति गरेका छन् ।

बैंकहरुले मुद्दति निक्षेपमा ब्याजदर बढाएर १२।५०५ सम्म पुर्याएपछि केन्द्रीय बैंकको समेत सहमतिमा नयाँ क्याप निर्धारण गरिएको हो । अब मुद्दतिमा ११५ र बचतमा ७५ सीमा भित्र ब्याज दिइने सहमति गरिएको छ । यसअघि बैंकहरुले मनोमानी ढंगले ब्याज बढाएकोले अर्थतन्त्रलाई नकारात्मक असर परेको भन्दै उद्यमी, व्यवसायीहरुले विरोध जनाए ।


ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने आवाज उठ्यो । संघले पुनः दोस्रो पटक ब्याजदर तोकेपछि बैंकहरुले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बैंकर्स संघले बिहीबार नयाँ सहमति गरेपछि शुक्रबार नै बैंकहरुले नयाँ दर सार्वजनिक गरेका छन् । शुक्रबार १९ वटा बैंकहरुले नयाँ सहमति अनुसार ब्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ सहमित अनुसार मुद्दति निक्षेपमा सबैभन्दा बढी हिमालयन, सिद्धार्थ र कुमारी बैंकले ११५ ब्याज दिने भएका छन भने बाँकी बैंकले १०।५०५ ब्याज दिने भन्दै सूचना सार्वजनिक गरेका छन् । यता, बैंकहरु सबैले बचतमा पनि सहमति अनुसार कायम भएको नयाँ सीमामै रहेर ब्याजदर दिने सूचना सार्वजनिक गरेका छन् ।

माछापुच्छ्रे र प्रभु बैंकले ६५ ब्याज दिने भने पनि बाँकी रहेका १६ वटा बैंकहरुले ७५ ब्याज दिने उल्लेख गरेका छन् । सनराइज, हिमालयन, ग्लोबल आइएमई, नेपाल एसबीआई, जनता, सिटिजन्स,नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाण्डूले भने बचतमा कति ब्याज दिने भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...