चीन भ्रमण उत्साहजनक भइरहेको महासचिव पौडेलको दाबी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।”

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।

महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुन्छ बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उहाँ आज बुटवल आउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...