सेञ्चुरीको अफर लत्याउदै अनिल यसरी भए नवीलको सीइओ



हाम्रो इकोनोमि

सेञ्चुरी बैंकको अफरलाई लत्याउदै अनिलकेशरी शाह नविल बैंकको सीइओमा नियुक्त हुन गएका छन् । बैंकले दिने सेवासुविधाको बिषयमा असन्तुष्टि भएपछि उनी नबिल बैंकको अफरलाई मान्दै सीइओ हुन गएका हुन । लामो समय विवादित बनेका अनिलकेशरी शाहलाई कुलिङ पिरियड व्यथित भएसँगै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्रबैंकले एउटा बैंक तथा बित्तीय संस्थाको कार्यकारी प्रमुख सो संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको कार्यकारी प्रमुख हुन पाउने कुलिङ पिरियड सम्बन्धी व्यवस्था कार्यान्वयन गरे पनि शाहलाई चोर बाटोबाट नवील बैंकको निमित्त सीइओ नियुक्त गरिएको थियो ।
कुलिङ पिरियडसम्बन्धी व्यवस्थाको छिद्रबाट शाहलाई सीइओ बनाइएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । यहीकारण शाह निकै ठूलो विवादमा समेत परे ।

विवादका बीच बैंकको कायममुकाय सीइओको रुपमा काम गर्दै आएका शाहलाई असार ७ गते बसेको ४८८ औं संचालक समितिको बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नवील बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जागिर छाडेपछि बैंकर शाह सेञ्चुरी बैंकसँगको सम्झौता समेत तोडेर नवीलमा सीइओ हुन पुगेका थिए ।

शाह स्वयम्ले भने मेगा बैंक लिमीटेडमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरी त्यसपछि सेञ्चुरी बैंकको सीइओको रुपमा जान तयार भएका थिए । तर, बैंकले उपलब्ध गराउने सेवासुविधाको बिषयमा असन्तुष्टि भएपछि उनले नवील बैंकको अफर स्वीकार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...