उपेन्द्र यादव र पद्मा अर्यालको बोलचाल बन्द, यसरी बनाए उपेन्द्रले राज्य मन्त्रीको बेहाल



हाम्रो इकोनोमि

जिम्मेवारी केही नपाउँदा र नहँुदा पनि मन्त्री भइरन मिल्ला र ? धेरैले प्रश्न गर्न सक्छन् । तर, फरक दलका मन्त्रीबाट कुनै जिम्मेवारी र अधिकार नपाएपनि मन्त्रालयको कुर्सिमा बसिरहन भने चाहना हुने रै’छ ।

यस्तै भएको नेकपा एकजना राज्यमन्त्रीको । स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि उक्त मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याललाई यस्तै परेको खबर छ ।

 

मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो । स्रोत भन्छ, मन्त्री यादवले राज्य मन्त्री अर्याललाई कुनै अख्तियारी र जिम्मेवारी दिएका छैनन । हुन त पहिला नै उनको जिम्मेवारी खोसिएको थियो ।

अर्को पार्टीको मन्त्रालयमा अर्कै पार्टीको राज्यमन्त्री किन बसिरहेको भन्ने प्रश्न उठ्न थालेको छ । अझ कतिपयले त नेकपासंग फोरमको पार्टी एकता गर्ने हल्लाले पनि यसमा काम गरिरहेको बताइन्छ । मन्त्री यादवले राज्यमन्त्रीलाई जिम्मेवारी किन नदिएको भन्ने गुनासो सु्निन थालेको छ ।

अर्कातिर प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा तानेका छैनन् । न त राज्यमन्त्री अर्याल आफैले राजीनामा दिएकी छिन् । सहमति अनुसार, फोरमले एकजना राज्यमन्त्री पाउनेछ । हुन त, फोरमले राज्यमन्त्री बनाउन सहरी विकास मन्त्रालयमा पनि सक्नेछ र एकजना राज्यमन्त्री थप्दा २५ सदस्यीय हुनेछ । तर, दुई फरक पार्टीबाट मन्त्री र राज्यमन्त्री हुँदा समस्या भएको फोरमका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...