उपेन्द्र यादव र पद्मा अर्यालको बोलचाल बन्द, यसरी बनाए उपेन्द्रले राज्य मन्त्रीको बेहाल



हाम्रो इकोनोमि

जिम्मेवारी केही नपाउँदा र नहँुदा पनि मन्त्री भइरन मिल्ला र ? धेरैले प्रश्न गर्न सक्छन् । तर, फरक दलका मन्त्रीबाट कुनै जिम्मेवारी र अधिकार नपाएपनि मन्त्रालयको कुर्सिमा बसिरहन भने चाहना हुने रै’छ ।

यस्तै भएको नेकपा एकजना राज्यमन्त्रीको । स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि उक्त मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याललाई यस्तै परेको खबर छ ।

 

मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो । स्रोत भन्छ, मन्त्री यादवले राज्य मन्त्री अर्याललाई कुनै अख्तियारी र जिम्मेवारी दिएका छैनन । हुन त पहिला नै उनको जिम्मेवारी खोसिएको थियो ।

अर्को पार्टीको मन्त्रालयमा अर्कै पार्टीको राज्यमन्त्री किन बसिरहेको भन्ने प्रश्न उठ्न थालेको छ । अझ कतिपयले त नेकपासंग फोरमको पार्टी एकता गर्ने हल्लाले पनि यसमा काम गरिरहेको बताइन्छ । मन्त्री यादवले राज्यमन्त्रीलाई जिम्मेवारी किन नदिएको भन्ने गुनासो सु्निन थालेको छ ।

अर्कातिर प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा तानेका छैनन् । न त राज्यमन्त्री अर्याल आफैले राजीनामा दिएकी छिन् । सहमति अनुसार, फोरमले एकजना राज्यमन्त्री पाउनेछ । हुन त, फोरमले राज्यमन्त्री बनाउन सहरी विकास मन्त्रालयमा पनि सक्नेछ र एकजना राज्यमन्त्री थप्दा २५ सदस्यीय हुनेछ । तर, दुई फरक पार्टीबाट मन्त्री र राज्यमन्त्री हुँदा समस्या भएको फोरमका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...