सरकारमा जाने बिषयमा राजपामा मारामार, तरुनी केसले महतो हुने भए आउट, भण्डारी र राजकिशोरलाई चिठ्ठा



हाम्रो इकोनोमि

सरकार र मधेश केन्द्रित दल पर्यायावाची शब्द हुन भन्ने आरोप छ । हुन पनि हरेक पटकको सरकारमा मधेश केन्द्रित दलको नेता मन्त्री हुन पुग्थे ।

सरकारमा जाने बिषयमा राजपामा मारामार परेको छ । तरुनीको कुरा उठेपछि महतोको सरकारमा जाने बाटो रोकीएको छ । यसको फाइदा भण्डारी र राजकिशोर हुने भएको छ ।

तर, विडम्वना २०७२ साल असोज ३ मा संविधान जारी भएपछि त्यसो हुन पाएको छैन । झन्डै दुई बर्ष आन्दोलनमा रहेका उनीहरु सरकार नहुँद़ा भूमिकाविहीन भए ।

सरकारमा नहुँद़ा को वेफाइदाको बुझाइले नै होला अहिले जसरी पनि सरकारमा जानुपर्ने लाइनमा राजपाका केही नेता देखिन थालेका छन् ।

संघीय समाजवादी फोरम केपी ओली सरकारमा सहभागी भइसकेको छ । मधेश केन्द्रित दल राजपा सरकारमा कसरी जाने भन्ने योजना बनाइरहेको स्रोत को दावी छ । राजपा दलबाट सरकारमा जान हतारो गर्नेमा भने राजेन्द्र महतो र शतरसिंह भण्डारी रहेको चर्चँ छ ।

पूर्व तमलोपा अर्थात् महन्थ ठाकुर, वृजेशलालहरुको समूह भने सरकारमा जान नहुने लाइनमा देखिएको राजपा स्रोत बताउछ ।

सरकारमा जा“दा प्रधानमन्त्री ओलीको निकट हुन पाइन्छ भनेर राजकिशोर यादव तटस्थ जस्तो देखिन्छन्, सरकारमा जाने कि नजाने भन्नेमा । बेलामौकामा ओलीसंग भेटघाट गर्ने र ओलीको तराईको ग्राफ बढेको छ भन्दै अन्तर्वार्ता दिंदै हिंडेको आरोप उनीमाथि छ ।

राजकिशोरको गुटबाट एक्लो दावेदार भएकाले उनी मन्त्री भइन्छ कि भन्ने आशमा छन । त्यसैले पनि तटस्थ बसेको राजपाभित्र चर्चा छ । राजेन्द्र महतो स्वतः मन्त्री हुने लाइनमा छन । एकातिर प्रधानमन्त्री ओलीसंग सम्बन्ध सुधार गरेका महतो पार्टीभित्र पनि प्रभावी मानिन्छन् ।

जसले गर्दा महतो मन्त्री हुनेछन् र अर्को एक सीट मन्त्रीका लागि शरतसिंह भण्डारी दावेदार छन् । राजपाका शरतसिंह भण्डारी गुटले प्रदेश २ को सरकारमा मन्त्री पाएको छैन ।

प्रदेश २ को सरकारमा अझै ३ जना राज्यमन्त्री पठाउने राजपाको तयारी छ र त्यहाँ भण्डारी, अनिल झा र राजकिशोर यादव गुटबाट एक/एक जना सेट गर्ने भनिएको छ । तर, त्यो निर्णय पनि हुन सकेको छैन ।

राजपाका नेताहरुले अहिले सरकारमा जान बाटो खोजिरहेका स्रोत बताउछ । हुन त राजपाका लागि मन्त्रालय पनि खाली छैनन । उनीहरुले दुईवटा मन्त्रालय दावी गरेका छन् ।

राजपाका एक नेताको भनाइमा एकजना मन्त्रीलाई फिर्ता बोलाउने र एउटा मन्त्रालय विभाजन गरे हुन्छ । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् ब्यवस्था गरेकाले अहिले २४ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

तीन जना राज्य मन्त्रीहरु छन् । एउटा मन्त्रालय विभाजन गरे २५सदस्यीय मन्त्रिपरिषद् बन्छ । एकजनालाई फिर्ता बोलाए दुई जना राजपाका नेतालाई सेट गर्न सकिने अवस्था छ ।

राजपाका नेताहरुले उद्योग बाणिज्य तथा आपूर्र्ति, उर्जा तथा सिंचाई र कृषि, भूमि तथा व्यवस्था मन्त्रालयलाई विभाजन गर्न सकिने भन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...