राप्रपाले राजा सहितको प्रजातन्त्रमा सहमति गर्रीै एकता गर्दै



राप्रपामा फुट्ने र जुट्ने काम परम्परा जस्तै बनिसकेको छ । गत निर्वाचनकै मुखमा फुटेर तीन टुक्रा भएका राप्रपा पुनः एकीकरण हुने चर्चा अहिले चलिरहेको छ । निर्वाचनताका फुटेको राप्रपालाई ब्युँताउन फेरी कसरत शुरु भएको छ । उनीहरुले राजासहितको प्रजातन्त्रमा सहमति गर्दै पार्टी एककिरण गर्न लागेका हुन ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो । यी दुई पार्टी एकीकरण भएको एक वर्ष नबित्दै फुटेर तीन टुक्रा भएका थिए । फुटको झन्डै ८ महिनापछि पुनः एकीकरणको गृहकार्य शुरु भएको दुवै दलका नेताहरुले बताएका छन् ।

एकीकरण प्रकृया टुङ्गोमा पुर्याउन सैद्धान्तिक सहमति जुटाउने प्रयास भइरहेको राप्रपाका उपाध्यक्ष तथा सो पार्टीका तर्फबाट गठित वार्ता समितिका संयोजक बुद्धिमान तामाङले बताए ।

नेता तामाङका अनुसार राप्रपा र राप्रपा प्रजातान्त्रिक दुवै पार्टीका तर्फबाट गठित बार्ता कमिटीबीच पहिलो चरणमा मंगलबार भएको छलफलमा सैद्धान्तिक सहमतिबारे सामान्य कुराकानी भएको र तत्कालै अर्को छलफल गरेर सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिनेछ । एकीकरणका लागि डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीसँग पनि कुराकानी अघि बढाउने तयारी भएको छ । डा लोहनी अमेरिकामा छन् । उनी अझै केही दिनपछि मात्रै स्वदेश फर्कने सो पार्टीका नेताहरुले बताएका छन् ।

‘सकेसम्म दुवै पक्षले एकताका लागि आ–आफ्नो पक्षबाट मोडालिटी तय गरेर अर्को बैठकमा पेश गर्ने र त्यसमा सहमति जुटाउने प्रयास गरिनेछ,’ राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका वार्ता टोली संयोजक तामाङले रातोपाटीलाई बताए ।

एकताका लागि राप्रपाबाट तामाङका साथै उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वार्ता टोली संयोजक दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्मा नेतृत्वमा छ्ट्टाछुट्टै वार्ता समिति गठन भएका थिए ।

तत्कालिन सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद भएपछि नेता पशुपतिशमशेर राणाले गत वर्षको २२ साउनमा केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्य पुर्याएर पार्टी फुटाएका थिए भने लोहनीले छुट्टै पार्टी गठन गरेका थिए । यी तीनवटै पार्टी पछिल्लो संसदीय निर्वाचनमा संसदबाहिरै छन् ।

 

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको