देउवा अल्पमतमा परेपछि आन्दोलन गर्ने घोषणा, काँग्रेसले भन्यो ओलीले आतंक मच्चाए



हाम्रो इकोनोमि

काँग्रेसले फरक विचार राख्नेहरुमाथि राज्यआतंक बढेको आरोप लागएको छ ।

काँग्रेसको आज सकिएको भेलाले यस्तो आतंक नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

काँग्रेसले जारी गरेको १९ बुँदे घोषणापत्रको १८औँ नम्वरमा छ -देशभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण, अलग विचार राख्ने नेता तथा कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउनेजस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दूरासयपूर्ण यस्ता गतिविधि तत्काल बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ ।
विप्लवे नेतृत्वको नेकपाले पनि सरकारमाथि यस्तो आरोप लगाउने गरेको छ ।

भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।

काँग्रेसको १९ बुँदे घोषणापत्रमा छ-कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निशेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणात्रिमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।

मंगलवारबाट हेटौंडामा शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सकिएको छ । भेलाले १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...