मुख्यमन्त्री लालबाबु राउतले प्रधनमन्त्री ओलीलाई लेखे यस्तो पत्र, आइन्दा प्रदेश २ लाई नहेप्न चेतावनी



हाम्रो इकोनोमि

मुख्यमन्त्री लालबाबु राउतले प्रधनमन्त्री ओलीलाई पत्र लेखेर आइन्दा प्रदेश २ लाई नहेप्न चेतावनी दिएका छन ।

केन्द्र सरकारले समन्वय नै नगरी सचिव सरुवा गरेपछि प्रदेश २ को सरकारले आपत्ति जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ ।
प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

बजेट आएको एक सातामै आर्थिक मामिला मन्त्रालयका सचिवलाई केन्द्रमा तानिएको छ ।

यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाएका छन् ।

यसअघि पनि योजना कार्यान्वयनको समयमा भौतिक पूर्वाधार सचिवको सरुवा भएको थियो ।

सामान्यत प्रदेशमा सचिवहरु जान मान्दैनन् । मुस्किलले गएकाहरुलाई घुलमिल हुन पनि समय लाग्छ । तर, केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरी छिटोछिटो सचिव सरुवा गर्दा काम गर्न अप्ठ्यारो भएको छ ।

‘बजेट आएको एक साता नहुँदै सचिव सरुवा गरेपछि कसरी काम गर्ने ?’ एक अधिकारीले भने, ‘केन्द्र सरकारले प्रदेशलाई सहयोग होइन, भाँडभैलो मच्चाउन खोजेको त होइन ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव र अन्य कर्मचारीहरु सरुवा गर्दा अन्यौल सृजना भएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ दिइएको पत्रमा सचिव तथा कर्मचारीको पदस्थापन, सरुवा तथा काज फिर्ता गर्नु अगाडि समन्वय गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...