मुख्यमन्त्री लालबाबु राउतले प्रधनमन्त्री ओलीलाई लेखे यस्तो पत्र, आइन्दा प्रदेश २ लाई नहेप्न चेतावनी



हाम्रो इकोनोमि

मुख्यमन्त्री लालबाबु राउतले प्रधनमन्त्री ओलीलाई पत्र लेखेर आइन्दा प्रदेश २ लाई नहेप्न चेतावनी दिएका छन ।

केन्द्र सरकारले समन्वय नै नगरी सचिव सरुवा गरेपछि प्रदेश २ को सरकारले आपत्ति जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ ।
प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

बजेट आएको एक सातामै आर्थिक मामिला मन्त्रालयका सचिवलाई केन्द्रमा तानिएको छ ।

यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाएका छन् ।

यसअघि पनि योजना कार्यान्वयनको समयमा भौतिक पूर्वाधार सचिवको सरुवा भएको थियो ।

सामान्यत प्रदेशमा सचिवहरु जान मान्दैनन् । मुस्किलले गएकाहरुलाई घुलमिल हुन पनि समय लाग्छ । तर, केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरी छिटोछिटो सचिव सरुवा गर्दा काम गर्न अप्ठ्यारो भएको छ ।

‘बजेट आएको एक साता नहुँदै सचिव सरुवा गरेपछि कसरी काम गर्ने ?’ एक अधिकारीले भने, ‘केन्द्र सरकारले प्रदेशलाई सहयोग होइन, भाँडभैलो मच्चाउन खोजेको त होइन ?

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर प्रदेश सरकारसँग समन्वय नै नगरी सचिव र अन्य कर्मचारीहरु सरुवा गर्दा अन्यौल सृजना भएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयलाई समेत बोधार्थ दिइएको पत्रमा सचिव तथा कर्मचारीको पदस्थापन, सरुवा तथा काज फिर्ता गर्नु अगाडि समन्वय गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...