नेपाली काँग्रेसमा उठ्यो हिन्दु राष्ट्को मुद्दा, यी हुन् मुद्दा उठाउने प्रमुख खेलाडी



हाम्रो इकोनोमि

लामाे समयपछि नेपाली कांग्रेसमा पुन: हिन्दु राष्ट्को मुद्दा उठेकाे छ। नेपाली काँग्रेस जिल्ला सभापतिहरुको बैठकमा पश्चिम तरार्इका र पहाडका ५ जिल्लाका जिल्ला सभापतिहरुले नेपाललार्इ हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग उठाएकाे छन्। अछाम, दाङ, पर्वत, डडेल्धुरा र पर्साका जिल्ला सभापतिहरुले नेपाललार्इ हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग उठाएकाे हुन्।

यसअघि गत मंसिर १४ गते शेर बहादुर देउवाले नै आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका थिए। देउवाले मंसिर १४ गते नै विश्व हिन्दु महासंघका पदाधिकारीहरुसँगका भेटघाटकाे क्रममा भनेका थिए की , ‘नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्रको बिपक्षमा छैन । म सार्वजनिकरुपमा नै बोल्न तयार छु ।’ त्यसयता लामाे समयकाे अन्तरालपछि हिन्दु राष्ट्रकाे मुद्दा उठेकाे छ।

नेपाललार्इ हिन्दु राष्ट्र कायम गरार्इ छाड्ने विश्व हिन्दु महासंघ लगायत हिन्दु राष्ट्रकाे पक्षमा रहेका सराेकारवाला निकायकाे खुला रुपमा राप्रपाले मात्र साथ दिएकाे देखिन्थ्याे तर अब कांग्रेसले पनि खुला रुपमा हिन्दु राष्ट्रकाे पक्षमा उत्रेकाे छ।

नेपाललार्इ हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग काँग्रेस जिल्ला सभापतिहरु अछामका भरत स्वार, दाङका किर्ती खड्का, पर्बतका खिम प्रसाद भुषाल , डडेलधुराका कर्ण मल्ल र पर्साका अजय दुबेदी उठाएका छन्।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...