सिन्डिकेट हटाउने हाकिम नै अध्ययन कार्यदलबाट आउट



हाम्रो इकोनोमि

सिन्डिकेट खारेजीसँगै यातायात क्षेत्रलाई व्यवस्थित बनाउनको लागि गठित कार्यदलबाट यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई आउट भएका छन् ।

सरकारले यातायात सिण्डिकेतको विषयमा अध्ययन गर्नको लागि यातायात व्यवसायीको समेत सहभागितामा कार्यदल गठन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा बनेको समितिमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, विज्ञ सदस्य र यातायात व्यवसायीका प्रतिनिधिलाई सदस्य राखिएका छन् ।

तर, समिति गठन भए लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठको ठाडो निर्देशनमा सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालय तानिएका छन् ।

केही दिन श्रम मन्त्रालय पठाइएको भए पनि अहिले उनी फेरि भौतिकमा फर्काइएका छन्। भट्टराई केही समययता जिम्मेवारीविहीन अवस्थामा छन्। ुविशेष जिम्मेवारीुका लागि भन्दै मन्त्रालय तानिएका भट्टराई अहिले हाजिरी गर्दै घर फर्कँदै गर्नुपर्ने अवस्थामा छन्।

महाशेठको रुची बेगर गृहमन्त्री रामबहादुर थापाको बलियो साथमा उनले सिन्डिकेट त हटाए, तर भौतिक मन्त्रालयले भने कार्यदलबाट उनैलाई बिदा गरिदियो। सिन्डिकेट खारेजीलाई संस्थागत गर्न सरकाले के गर्दै छ र कार्यदलले कसरी काम गरिरहेको छ भन्ने पनि उनलाई जानकारी छैन।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...