सभामुखसँग विवाद भएपछि कार्यव्यवस्था समितिबाट राजीनामा



हाम्रो इकोनोमि

कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले सभामुख राजबहादुर शाहीसँग विवाद भएपछि प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख शाहीसँग बाझाबाझ भएपछि राजीनामा दिएका हुन् ।

संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताएका छन् । ‘संसदलाई मर्यादित बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने विषय राख्दा उहाँले मान्नु भएन । कचहरी नै सुरु भयो । त्यसरी बस्नुभन्दा राजीनामा दिएँ ।’ उनले भने ।

बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान समेत सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेर कचहरी सुरु गरेपछि राजीनामा दिएको सांसद रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...