सभामुखसँग विवाद भएपछि कार्यव्यवस्था समितिबाट राजीनामा



हाम्रो इकोनोमि

कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले सभामुख राजबहादुर शाहीसँग विवाद भएपछि प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख शाहीसँग बाझाबाझ भएपछि राजीनामा दिएका हुन् ।

संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताएका छन् । ‘संसदलाई मर्यादित बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने विषय राख्दा उहाँले मान्नु भएन । कचहरी नै सुरु भयो । त्यसरी बस्नुभन्दा राजीनामा दिएँ ।’ उनले भने ।

बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान समेत सांसद रेग्मीले राखेका थिए । तर, सभामुखले बजेट भन्दा अन्य विधेयकहरुलाई कार्यसूचीमा राख्नुपर्ने तर्क गरेर कचहरी सुरु गरेपछि राजीनामा दिएको सांसद रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...