संसदीय दलको नेतृत्वलाई लिएर राजपामा भुकम्प, अल्पमतमा ठाकुर ,  बहुमतमा महतो



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा)मा संसदीय दलको नेतृत्व हत्याउन अध्यक्ष मण्डल र महन्थ ठाकुर एक अर्कालाई सिध्याउनको लागि न्वारानदेखिको बल लगाएर लडिरहेका छन्।

राजपा संसदीय दलको नेतामा ठाकुर र राजेन्द्र महतोले दुबैले एकले अर्कोलाई नस्विकार्ने भएका छन् । यसकोलागि उनीहरुले आआफ्नो पक्षमा बहुमत पु¥याउनको लागि लबिङमा लागिरहेका छन् । यता पार्टी अध्यक्ष मण्डलमा ठाकुरको पकड बलियो भएपनि संसदीय दलमा भने उनी कमजोर देखिएका छन् ।

ठाकुरको पक्षमा ७ जना सांसद रहेका छन् भने महतोको पक्षमा ८ सांसद रहेका छन् । पार्टी मुख्यालय बबरमहलमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा महतोले ठाकुरलाई अप्ठेरोमा पारेको स्रोतले बताएको छ । असार ४ गतेदेखि ६ गतेसम्म चलेको राजनीतिक समितिको बैठकमा महतो हाबी भएका छन् । संयोजक ठाकुरले बैठकमा सरकारमा प्रवेश देखि महाधिबेशनसम्मका निर्णय गर्ने आफुले नसकेको र त्यसको जिम्मा अध्यक्ष मण्डललाई दिएको बताएका थिए । त्यसलगतै सदस्य महतोले संसदीय दलको नेतामा आफुलाई अगाडी सारेका थिए ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरु भने संयोजक ठाकुरलाई संसदीय दलको नेता बनाउने पक्षमा छन् । हामी संसदीय दलको नेता सहमतिमा चयन गर्छौ, निर्वाचन हुँदैन,(अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले भने । तर महतो पक्षमा मनिष सुमनले भने संसदीय दलको अधिकार राजनीतिक समितिले खोस्न नसक्ने बताए । (सहमति या निर्वाचन जे भएपनि संसदीय दलबाट हुन्छ । राजनीतिक समितिबाट हुँदैन(सुमनले भने ।

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...