संसदीय दलको नेतृत्वलाई लिएर राजपामा भुकम्प, अल्पमतमा ठाकुर ,  बहुमतमा महतो



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी (राजपा)मा संसदीय दलको नेतृत्व हत्याउन अध्यक्ष मण्डल र महन्थ ठाकुर एक अर्कालाई सिध्याउनको लागि न्वारानदेखिको बल लगाएर लडिरहेका छन्।

राजपा संसदीय दलको नेतामा ठाकुर र राजेन्द्र महतोले दुबैले एकले अर्कोलाई नस्विकार्ने भएका छन् । यसकोलागि उनीहरुले आआफ्नो पक्षमा बहुमत पु¥याउनको लागि लबिङमा लागिरहेका छन् । यता पार्टी अध्यक्ष मण्डलमा ठाकुरको पकड बलियो भएपनि संसदीय दलमा भने उनी कमजोर देखिएका छन् ।

ठाकुरको पक्षमा ७ जना सांसद रहेका छन् भने महतोको पक्षमा ८ सांसद रहेका छन् । पार्टी मुख्यालय बबरमहलमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा महतोले ठाकुरलाई अप्ठेरोमा पारेको स्रोतले बताएको छ । असार ४ गतेदेखि ६ गतेसम्म चलेको राजनीतिक समितिको बैठकमा महतो हाबी भएका छन् । संयोजक ठाकुरले बैठकमा सरकारमा प्रवेश देखि महाधिबेशनसम्मका निर्णय गर्ने आफुले नसकेको र त्यसको जिम्मा अध्यक्ष मण्डललाई दिएको बताएका थिए । त्यसलगतै सदस्य महतोले संसदीय दलको नेतामा आफुलाई अगाडी सारेका थिए ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरु भने संयोजक ठाकुरलाई संसदीय दलको नेता बनाउने पक्षमा छन् । हामी संसदीय दलको नेता सहमतिमा चयन गर्छौ, निर्वाचन हुँदैन,(अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले भने । तर महतो पक्षमा मनिष सुमनले भने संसदीय दलको अधिकार राजनीतिक समितिले खोस्न नसक्ने बताए । (सहमति या निर्वाचन जे भएपनि संसदीय दलबाट हुन्छ । राजनीतिक समितिबाट हुँदैन(सुमनले भने ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...