गृहमन्त्री बादलले यातायातमन्त्रि महासेठको लिए सात्तो, अनि भने धेरै निहु खोजेर सरकारको अपमान नगर्नुस्, कारबाहीमा पर्नुहोला



यातायातमन्त्री रघुवीर महासेठले आइतबार निर्माण व्यवसायीलाई अब धरकपड नगरिने आश्वासन दिएसंगै उता गृहमन्त्रि बादलले आफ्नो ठेकेदार विरुद्धको ‘एक्सन’ भौतिक पूर्वाधार मन्त्रीको भनाइकै भरमा नरोक्ने बताएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गृहले आफ्नो क्षेत्राधिकारभित्रै बसेर काम गरिरहेकाले ‘एक्सन’ नरोकिने स्पष्ट गरे ।

गृहमन्त्री बादलको सोहि बक्तब्यपछि उता यातायातमन्त्रि महासेठले असन्तुस्ट व्यक्त गरेपछि गृहमन्त्री बादलले आवेसमा आएर महासेठलाइ “धेरै निहु खोजेर सरकारको अपमान नगर्नुस् तपाई पनि कारबाहीमा पर्नुहोला” भनेपछि महासेठ यतिबेला चुप लागेका छन्

आइतबार यातायातमन्त्री महासेठले भने निर्माण व्यवसायीलाई धरपकड भए तत्काल आफूलाई खबर गर्न भनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै उनले सरकारले निर्माण व्यवसायीलाई गर्ने व्यवहार सच्चिने प्रतिवद्धता जनाएका थिए ।

मन्त्री महासेठले भने काममा ढिलाइ हुनुमा ठेकेदार मात्रै दोषी नभएको भन्दै बचाउ गरेका छन् । ‘कति ठाउँमा रुख काट्न बाँकी हुन्छ । प्राधिकरणले बिजुलीको पोल सारेको हुँदैन । यो व्यवसायीलाई मात्रै दोष दिने कुरा हुँदैन,’मन्त्री महासेठले व्यवसायीको ज्ञापनपत्र बुझ्दै भनेका थिए ।

निर्माणका काममा कमजोरी भएर सरकारी प्राविधिक पनि जिम्मेवार हुने उनको भनाइ छ । उनले अब निर्माण अघि बढाउँदा साइट क्लियर गरेर मात्रै ठेक्का लगाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा