गृहमन्त्री बादलले यातायातमन्त्रि महासेठको लिए सात्तो, अनि भने धेरै निहु खोजेर सरकारको अपमान नगर्नुस्, कारबाहीमा पर्नुहोला



हाम्रो इकोनोमि

यातायातमन्त्री रघुवीर महासेठले आइतबार निर्माण व्यवसायीलाई अब धरकपड नगरिने आश्वासन दिएसंगै उता गृहमन्त्रि बादलले आफ्नो ठेकेदार विरुद्धको ‘एक्सन’ भौतिक पूर्वाधार मन्त्रीको भनाइकै भरमा नरोक्ने बताएको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गृहले आफ्नो क्षेत्राधिकारभित्रै बसेर काम गरिरहेकाले ‘एक्सन’ नरोकिने स्पष्ट गरे ।

गृहमन्त्री बादलको सोहि बक्तब्यपछि उता यातायातमन्त्रि महासेठले असन्तुस्ट व्यक्त गरेपछि गृहमन्त्री बादलले आवेसमा आएर महासेठलाइ “धेरै निहु खोजेर सरकारको अपमान नगर्नुस् तपाई पनि कारबाहीमा पर्नुहोला” भनेपछि महासेठ यतिबेला चुप लागेका छन्

आइतबार यातायातमन्त्री महासेठले भने निर्माण व्यवसायीलाई धरपकड भए तत्काल आफूलाई खबर गर्न भनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै उनले सरकारले निर्माण व्यवसायीलाई गर्ने व्यवहार सच्चिने प्रतिवद्धता जनाएका थिए ।

मन्त्री महासेठले भने काममा ढिलाइ हुनुमा ठेकेदार मात्रै दोषी नभएको भन्दै बचाउ गरेका छन् । ‘कति ठाउँमा रुख काट्न बाँकी हुन्छ । प्राधिकरणले बिजुलीको पोल सारेको हुँदैन । यो व्यवसायीलाई मात्रै दोष दिने कुरा हुँदैन,’मन्त्री महासेठले व्यवसायीको ज्ञापनपत्र बुझ्दै भनेका थिए ।

निर्माणका काममा कमजोरी भएर सरकारी प्राविधिक पनि जिम्मेवार हुने उनको भनाइ छ । उनले अब निर्माण अघि बढाउँदा साइट क्लियर गरेर मात्रै ठेक्का लगाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...