श्रम सम्झौताबिना मलेसिया जान नेपाली कामदारलाई रोक



हाम्रो इकोनोमि

सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने भएको । पटक(पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तिरिक गृहकार्यमा सरकार जुटेको हो ।

यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाका हकमा भने विशेष निर्णय गर्ने योजना बनाइएको छ ।

श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्कहरु खारेज नगरेसम्मका लागि भन्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको छ । यसले गर्दा मलेसियामा कामका लागि जाने प्रक्रिया अवरुद्ध छ ।

अब यो अवस्थामा मलेसियासँग श्रम सम्झौताकै ‘नेगोसियसन’ गर्ने आन्तरिक तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । विज्ञहरूले यही समयमा श्रम सम्झौता पनि टुंगोमा पुर्याउन माग गरिरहेका छन् ।

मलेसियासँग धेरैपटक श्रम सम्झौताका लागि छलफल भएका छन् । दुई पक्षले सम्झौताको मस्यौदा आदान(प्रदान गर्ने क्रम लामो समयदेखि चलिरहेको छ ।

तर, नेपालका विभिन्न मागमा मलेसिया सरकारले उदाशीनता देखाउँदै आएको छ । कामदारको हितमा रहने गरी श्रम सम्झौता गर्ने सरकारको अडानमा मलेसिया सरकारले पूर्णसहमति जनाइसकेको छैन । नेपाल सरकारले पनि जोड लगाएर कहिले पनि छलफल चलाएको थिएन ।

अब अतिरिक्त शुल्कको सवालमा मलेसिया जाने प्रक्रिया अवरुद्ध भएको समयमा नै श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउने मुडमा देखिएका छन्, श्रममन्त्री गोकर्ण बिष्ट ।

‘मलेसियामा ठूलो खर्च गरेर गएका धेरै कामदारले एक वर्षसम्म पनि खर्च उठान नसक्ने अवस्था छ । कामदारको भौतिक तथा आर्थिक सुरक्षाका सवालमा पनि मलेसियामा धेरै समस्या छ,’ मन्त्रालयका एक अधिकारीले भने,’त्यसैले अब मलेसियासँग श्रम सम्झौता टुंग्याएपछि मात्रै कामदार पठाउने हो कि भनेर छलफल सुरु भएको हो ।’

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...