प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङविच भेटवार्ता हुदै, रेल र तेलको बिषयमा छलफल



हाम्रो इकोनोमि

चिन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली विहिवार विहान विभिन्न कार्यक्रममा सरिक हुनु भएको छ । चिनिया समकक्षी लि खछयाङसग भेटवार्ता गर्नुअघि उहाले नेपाल चीन मैत्रीपूर्ण दौड बेइजिङ्ग २०१८ को उद्घाटन गर्नुभयो ।

त्यसपछि युनिभर्सिटी अफ स्पोटर्सका पदाधिकारीसँग छलफल गर्नुका साथै चाइना कम्युनिष्ट पार्टी (सिपीसी) केन्द्रीय समितिमा रहेको संग्रहालयको अवलोकन समेत गर्नुभयो ।

अवलोकनमा उहाँका साथमा उहाँका धर्मापत्नी राधिका शाक्यसहित भ्रमणदलमा मन्त्रीहरु, सांसद र सरकारी उच्चअधिकारी समेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले नेपाली समय अनुसार पौने तीन बजे चिनियाँ समकक्षी खछ्याङसग भेटवार्ता गरी द्धिपक्षिय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...