प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङविच भेटवार्ता हुदै, रेल र तेलको बिषयमा छलफल



हाम्रो इकोनोमि

चिन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली विहिवार विहान विभिन्न कार्यक्रममा सरिक हुनु भएको छ । चिनिया समकक्षी लि खछयाङसग भेटवार्ता गर्नुअघि उहाले नेपाल चीन मैत्रीपूर्ण दौड बेइजिङ्ग २०१८ को उद्घाटन गर्नुभयो ।

त्यसपछि युनिभर्सिटी अफ स्पोटर्सका पदाधिकारीसँग छलफल गर्नुका साथै चाइना कम्युनिष्ट पार्टी (सिपीसी) केन्द्रीय समितिमा रहेको संग्रहालयको अवलोकन समेत गर्नुभयो ।

अवलोकनमा उहाँका साथमा उहाँका धर्मापत्नी राधिका शाक्यसहित भ्रमणदलमा मन्त्रीहरु, सांसद र सरकारी उच्चअधिकारी समेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले नेपाली समय अनुसार पौने तीन बजे चिनियाँ समकक्षी खछ्याङसग भेटवार्ता गरी द्धिपक्षिय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...