राजपा सरकारमा जान तयार, महतो र भण्डारी मन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

सरकार र मधेश केन्द्रित दल पर्यायावाची शब्द हुन भन्ने आरोप छ । हुन पनि हरेक पटकको सरकारमा मधेश केन्द्रित दलको नेता मन्त्री हुन पुग्थे ।

तर, विडम्वना २०७२ साल असोज ३ मा संविधान जारी भएपछि त्यसो हुन पाएको छैन । झन्डै दुई बर्ष आन्दोलनमा रहेका उनीहरु सरकार नहुँद़ा  भूमिकाविहीन भए ।

सरकारमा नहुँद़ा को वेफाइदाको बुझाइले नै होला अहिले जसरी पनि सरकारमा जानुपर्ने लाइनमा राजपाका केही नेता देखिन थालेका छन् ।

संघीय समाजवादी फोरम केपी ओली सरकारमा सहभागी भइसकेको छ । मधेश केन्द्रित दल राजपा सरकारमा कसरी जाने भन्ने योजना बनाइरहेको स्रोत को दावी छ । राजपा दलबाट सरकारमा जान हतारो गर्नेमा भने राजेन्द्र महतो र शतरसिंह भण्डारी रहेको चर्चँ छ ।

पूर्व तमलोपा अर्थात् महन्थ ठाकुर, वृजेशलालहरुको समूह भने सरकारमा जान नहुने लाइनमा देखिएको राजपा स्रोत  बताउछ ।

सरकारमा जा“दा प्रधानमन्त्री ओलीको निकट हुन पाइन्छ भनेर राजकिशोर यादव तटस्थ जस्तो देखिन्छन्, सरकारमा जाने कि नजाने भन्नेमा । बेलामौकामा ओलीसंग भेटघाट गर्ने र ओलीको तराईको ग्राफ बढेको छ भन्दै अन्तर्वार्ता दिंदै हिंडेको आरोप उनीमाथि छ ।

राजकिशोरको गुटबाट एक्लो दावेदार भएकाले उनी मन्त्री भइन्छ कि भन्ने आशमा छन । त्यसैले पनि तटस्थ बसेको राजपाभित्र चर्चा छ । राजेन्द्र महतो स्वतः मन्त्री हुने लाइनमा छन । एकातिर प्रधानमन्त्री ओलीसंग सम्बन्ध सुधार गरेका महतो पार्टीभित्र पनि प्रभावी मानिन्छन् ।

जसले गर्दा महतो मन्त्री हुनेछन्  र अर्को एक सीट मन्त्रीका लागि शरतसिंह भण्डारी दावेदार छन् । राजपाका शरतसिंह भण्डारी गुटले प्रदेश २ को सरकारमा मन्त्री पाएको छैन ।

 

प्रदेश २ को सरकारमा अझै ३ जना राज्यमन्त्री पठाउने राजपाको तयारी छ र त्यहाँ  भण्डारी, अनिल झा र राजकिशोर यादव गुटबाट एक/एक जना सेट गर्ने भनिएको छ । तर, त्यो निर्णय पनि हुन सकेको छैन ।

राजपाका नेताहरुले अहिले सरकारमा जान बाटो खोजिरहेका स्रोत  बताउछ । हुन त राजपाका लागि मन्त्रालय पनि खाली छैनन । उनीहरुले दुईवटा मन्त्रालय दावी गरेका छन् ।

राजपाका एक नेताको भनाइमा एकजना मन्त्रीलाई फिर्ता बोलाउने र एउटा मन्त्रालय विभाजन गरे हुन्छ । संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् ब्यवस्था गरेकाले अहिले २४ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

तीन जना राज्य मन्त्रीहरु छन् । एउटा मन्त्रालय विभाजन गरे २५सदस्यीय मन्त्रिपरिषद् बन्छ । एकजनालाई फिर्ता बोलाए दुई जना राजपाका नेतालाई सेट गर्न सकिने अवस्था छ ।

राजपाका नेताहरुले उद्योग बाणिज्य तथा आपूर्र्ति, उर्जा तथा सिंचाई र कृषि, भूमि तथा व्यवस्था मन्त्रालयलाई विभाजन गर्न सकिने भन्ने गरेका छन् । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...