नरेन्द्र मोदीको विवाह भएको तथ्य यसरी थाह भो, मोदीपत्नी जसोदाबेन भन्छिन मानिसहरुले अफवाह फैलाइरहेका छन



हाम्रो इकोनोमि

‘एक महिला भएपनि आनन्दीबेन पटेलले यस्तो बयान दिइन्, त्यसकारण मैले स्पष्टिकरण दिनु परेको छ । मोदी विवाहित भएपनि मानिसहरुले यस्तो बयान दिइरहँदा यसले मलाई दुःखी बनाएको छ ।’

यो भनाई भारतीय प्रधानमन्त्री मोदीकी पत्नी जसोदाबेनको हो । उनले यो कुरा बीबीसीसँगको एक अन्तर्वार्तामा भनिन् ।

जसोदाबेन, आनन्दीबेन पटेलको त्यो बयानले दुःखी छिन् जसमा उनले मोदीलाई अविवाहित बताएकी थिइन् ।

गुजरातकी पूर्व मुख्यमन्त्री र मध्य प्रदेशकी राज्यपाल आनन्दीबेनले एक कार्यक्रममा भनेकी थिइन्, ‘नरेन्द्रभाइले विवाह गरेका छैनन् तरपनि उनी महिला र बालबालिकाको पीडा बुझ्छन् ।’

आनन्दीबेनको यो बयानले जसोदाबेन र उनको परिवार अत्यधिक रिसाएका छन् ।

जसोदाबेनले भनिन्, ‘सबैलाई थाहा छ त, नरेन्द्र मोदीको विवाह भएको थियो तरपनि मानिसहरु किन झुट फैलाइरहेका छन् ?

नरेन्द्र मोदीले विवाह नै गरेका छैनन्’

जसोदाबेन र उनको परिवारका अनुसार आनन्दीबेनको बयान पूर्ण रुपमा झुटो हो । एउटा यस्तो झुट जुन राजनीतिक कारणसहित फैलाइँदै छ ।

जसोदाबेनका भाइ अशोक मोदीले बीबीसीसँग भने, ‘मानिसहरुले राजनीतिका लागि नरेन्द्र मोदी र जसोदाबेनबारे अफवाह फैलाउनु हुँदैन ।

नरेन्द्र मोदीले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा चुनावमा चुनावको नामांकन पत्रमा आफ्नो वैवाहित स्थितीबारे कुनै जानकारी दिएका थिएनन् ।

सन् २०१४ को लोकसभा चुनाव अघि मोदीले पहिलो पटक औपचारिक रुपमा चुनावी शपथपत्रमा आफ्नो विवाह भएको स्विकारेका थिए ।

उनले नामांकन पर्चामा जसोदाबेनलाई आफ्नो श्रीमती बताए । यद्यपी, प्यान कार्ड र सम्पत्ति विवरणसँग जोडिएका कागजातमा उनले यसबारे केही जानकारी दिएका छैनन् ।

त्यसपछि मोदीका दाइ सोमाभाई दामोदरदास मोदीले एक बयान जारी गर्दै विवाहको केही दिनपछि नै मोदी जसोदाबेनसँग अलग्गिएको जानकारी दिए ।

सोमाभाइले भने, ‘हामी सामाजिक र आर्थिक रुपले पिछडिएका जातीसँग सम्बन्धित छौं । हाम्रो समाजमा बाल विवाह प्रथा प्रचलनमा थियो र १७ वर्षको उमेरमा नरेन्द्र मोदीको विवाह जसोदाबेनसँग भएको थियो ।

विवाहको केही दिन पछि नै उनीहरु अलग्गिए । यद्यपी, दुबैले कहिले पनि आफ्नो विवाहलाई विराम लगाएनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...