चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता सुरु, भेटका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको विषयमा छलफल



चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । शी र ओलीको भेट सुरु भएको हो ।

ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

त्यस अवसरमा नेपाली र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी ८ सम्झौता भएको थियो ।

ग्रेट हल अफ द पिपुलको पूर्वी हलमा दुई देशका प्रमुखबीच ४० मिनट  शिष्टाचार वार्ता हुने भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग गाेप्य वार्तासमेत गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ।

अघिल्लो भ्रमणका क्रममा ८ चैत ०७२ मा ओली र सीबीच राष्ट्रपति कार्यालय चोङनानहाइटमा एक घण्टा भेटवार्ता भएको थियो।

भेटका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको विषयमा छलफल हुनेछ भने चीनसँगको नाका सहज बनाउनेबारेमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको भनिएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता गर्ने पनि तयारी भएको छ।

साँझ ५ बजे प्रधानमन्त्रीले चाइना अन्तर्राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि एसियाली पूर्वाधार विकास बैंक (एआर्इआर्इबी)का अध्यक्ष जिन लिकुले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्