कांग्रेस जिल्ला सभापति भेलामा बबण्डर, युवा नेता धनराज गुरुङ, चन्द्र भण्डारी , गगन थापाद्वारा महाधिवेशनको माग, देउबा अल्पमतमा



हाम्रो इकोनोमि

कांग्रेस जिल्ला सभापतिहरूको भेला पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले बहिष्कार गरेका छन् ।

बुधबारको बन्द सत्रमा सिंह सहभागी नै भएनन् । केसी सहभागी भएर पनि बाहिरिए । सिटौलाले मञ्च बहिष्कार गरे र जिल्ला सभापतिहरू सँगै बसे ।

तीनै नेता सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चामा सहभागी छन् । मंगलबार भएको उद्घाटन सत्रमा बोल्न नदिएकामा सिंह र सिटौला असन्तुष्ट छन् ।

कांग्रेसका आठ युवा नेताले महासमिति हुँदै महाधिवेशनको मार्गमा पार्टीलाई हिँडाउन जिल्ला सभापतिहरूलाई आव्हान गरेका छन् ।

महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब शुरु गर्न उनीहरूले आव्हान गरेका छन् । युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले उक्त आव्हान गरेका हुन् ।

‘कम्तिमा यही ०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं,’ उनीहरूको पत्रमा उल्लेख छ, ‘यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने छ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ ।’

त्यसबाट आगामी स्थानीय निर्वाचनसम्ममा पार्टी तयारी अवस्थामा पुग्ने उनीहरूको भनाइ छ । र, हरेक स्थानीय, संघीय र प्रादेशिक निर्वाचन हुनु दुई वर्षअघि नै कांग्रेसका अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने उनीहरूले सम्झाएका छन् ।

‘हामीलाई विश्वास छ सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरी महासमितिबाट नयाँ सांगठनिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ,’ पत्रमा उल्लेख छ ।

अलमलिएको पार्टीलाई दिशानिर्देश गर्न, सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन आवश्यक भएको उनीहरूले औंल्याएका छन् ।

‘पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो,’ पत्रमा छ, ‘कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनव्र्याख्या आवश्यक छ ।’

महासमितिमार्फत् नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र र समाजवादका सन्दर्भमा सामयिक व्याख्या, आर्थिक सामाजिक नीति, छिमेकसँगको पार्टीको सम्बन्धलगायत विषयमा सैद्धान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...