प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग ४० मिनट गोप्य वार्ता गर्ने, यी विषयमा हुनेछन् सहमति



हाम्रो इकोनोमि

 

दिने भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार (आज) भेटवार्ता हुँदैछ ।

ग्रेट हल अफ द पिपुलको पूर्वी हलमा दुई देशका प्रमुखबीच ४० मिनट  शिष्टाचार वार्ता हुने भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग गाेप्य वार्तासमेत गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ।

अघिल्लो भ्रमणका क्रममा ८ चैत ०७२ मा ओली र सीबीच राष्ट्रपति कार्यालय चोङनानहाइटमा एक घण्टा भेटवार्ता भएको थियो।

भेटका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको विषयमा छलफल हुनेछ भने चीनसँगको नाका सहज बनाउनेबारेमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको भनिएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता गर्ने पनि तयारी भएको छ।

प्रधानमन्त्री ओलीको कार्यतालिका

बुधबार बिहान शुरुमा प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा बेइजिङस्थित नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। बिहान ९:४० बजे उनले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद् (सीसीपीआर्इटी)द्वारा आयोजित नेपाल-चीन बिजनेस फोरमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेपाल र चीनको निजी क्षेत्रबीच साझेदारी र सहकार्यका तीन परियोजना निर्माणसम्बन्धी हस्ताक्षर हुनेछ । त्यहाँबाट प्रधानमन्त्री ओलीले तियानमेन स्क्वायरको भ्रमण गर्ने कार्यक्रम छ।

साँझ ५ बजे प्रधानमन्त्रीले चाइना अन्तर्राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि एसियाली पूर्वाधार विकास बैंक (एआर्इआर्इबी)का अध्यक्ष जिन लिकुले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...