प्रधानमन्त्री ओलीले नेपाल र चीनले परस्पर विश्वास, मित्रताको आधारमा नेपालको विकास हुने भन्दै अबको पाँच बर्षमा चीनीया रेल काठमाण्डौ पुग्ने ठोकुवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताएका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले आज आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।’

नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उनले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरुले थप पहल गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले परस्पर विश्वास, मित्रताको आधारमा नेपालको विकास हुने भन्दै अबको पाँच बर्षमा चिनीया रेल काठमाण्डौ पुग्ने ठोकुवा गरेका छन ।

सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोहो¥याउँदै उनले भने, ‘प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउनेछ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान

नेपाल र चीनबीचको बृहत् सम्पर्क सञ्जालले आफूहरुको अर्थतन्त्रको उत्पादन क्षमता र जनताका लागि नयाँ अवसर सिर्जना गर्र्ने विश्वास उनले व्यक्त गरे । प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरी नेपालले पर्यटन उद्योगमा अझै बढी फाइदा लिन सक्ने र चीनले सेवामूलक क्षेत्रमा लगानीको अवसरसमेत पाउने उनले उल्लेख गरे ।

उनले भने, ‘हामी आपसी सम्बन्धको नयाँ प्रस्थानविन्दुमा उभिएका छौँ । हामीले सबैका लागि सुन्दर भविष्यको जग खडा गरेका छौँ ।’

प्रधानमन्त्री ओलीलाई दूतावासमा नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए । समारोहमा त्यहाँस्थित नेपाली समुदायको समेत सहभागिता थियो । प्रधानमन्त्री ओली छदिने औपचारिक भ्रमणमा क्रममा आज बेइजिङ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...