किन दिए बिद्यासुन्दर शाक्यलाई महानगरवासीले घाँस उपहार, यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

रानिपोखरी पुन: निर्माणको बिषयलाई लिएर काठमाडौं महानगरपालिकालाई सम्पदाप्रेमीहले घाँस उपहार दिएका छन् । महानगरले रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गरेको भन्दै उनिहरुले यस्तो गरेका हुन् ।

सम्पदाप्रमीहरुले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित घाँस बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका थिए ।

आफ्नै घर अगाडी हिलोको थुप्रो, हिलोले डुब्ने भो जनताको झुप्रो

देशको पुरानो बजार र राजधानीको मुटु मानिने असन बजार वर्षा लागेसँगै हिलाम्मे हुने गरेको छ ।

पानी पर्दा ढल भरिने असनको पुरानै समस्या हो । अहिले नयाँ समस्या थपिएको छ, हिलो ।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको घर समेत असनको लगनमा रहेको छ ।

काठमाडौं महानगरपालिकाको विकास गर्ने भन्दै जीत हातपारेका मेयर शाक्यले महानगरमा केही नगरेको आरोप लागिहेको बेला उनको दैलो असनको अवस्था हेर्दा महानगरपालिका र समग्र देशको अवस्थाको चित्रण हुन्छ ।

मेलम्ची खानेपानीको आयोजनाले पाइप विछ्याउन खनेको पाइपलाईन नपुर्दा पानी पर्नासाथ असन असारे खेत जस्तै बनेको छ ।

भोटाहिटी चोक देखि नरदेखिसम्मको बाटो अहिले अस्तव्यस्त छ, हिलो कारणले गर्दा आवसजात गर्न समस्या परेको बताउँछन् स्थानीय ।

हिलोले गर्दा हिड्नै नसक्ने अवस्था आएका छ, महानगरको मुटुको यस्तो अवस्था भएपनि कोही बनाउन आउँदैनन् सवै भत्काउन मात्रै आउँछन्’ स्थानीय व्यापारी श्यामकाजी श्रेष्ठ आक्रोशित हुँदै भने ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...