सरकारमा नजाने राजपाको निर्णय, संविधान संशोधन नभए फेरी सडक आन्दोलन गर्ने चेतावनी



सरकारमा नजाने राजपाले निर्णय गरेको छ । संविधान संशोधन नभए फेरी सडक आन्दोलन गर्ने चेतावनी पनि सरकारलाई दिएको छ । आज बसेको राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टीले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने बताएको छ। राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो।

सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका नेता वृशेषचन्द्र लालले जानकारी दिए।

बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ। पार्टी समेत सहभागी रहेको प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय बैठकले गरेको छ।

राष्ट्रिय जनता पार्टीको सोमबारबाट काठमाडौंमा सुरु भएको राजनीतिक समितिको बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ। आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको पनि नेता लालले जानकारी दिए।

बैठकमा पार्टी संसदीय दलको नेता चयनको विषयलाई प्रवेश गराइएको छ। आसन्न महाधिवेशन र पार्टी संसदीय दलको नेता चयनका विषयमा ठोस निर्णय लिन पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको हो।

बैठकमा नेताहरुले युवाहरुलाई विशेष प्राथमिकता दिने गरी पार्टीको विधान बनाउनुपर्नेमा जोड दिएको राष्ट्रिय जनता पाटीले जनाएको छ।

यसअघि राजपाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको जनाएको थियो। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेपछि राजपाभित्र पनि सरकारमा सहभागी हुनुपर्ने दबाव बढेको छ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा