अभिनेता दयाहाङ राइको बदलिएको सोच
अभिनेता दयाहाङ राइको काम गर्ने सोचाई बदलिएको छ । दया पनि आफूलाई बदल्ने तयारीमा छन् । दयाले अभिनय गरेका फिल्महरु हप्तैपिच्छे रिलिज भएका थिए । दया अब यो नहोस् भन्ने चाहेका छन् । तर, उनले मात्र चाहेर पनि भएन । किनकी, निर्माताले कुन दिन फिल्म हाल्छन् भन्ने कलाकारलाई नै थाहा हुँदैन ।
दयाले अभिनय गरेको भैरे साउनमा रिलिज हुँदैछ । दयाले आफूले अहिले फिल्ममा काम गर्न कम गरेको बताइरहेका छन् । उनले, आफूले काम गरेका फिल्म रिलिज भएपछि मात्र अर्कोमा काम गर्ने बताएका छन् । उनले, तर यसो हुन नसक्दा २ वटा फिल्ममा काम गरिसकेको पनि बताएका छन् । दया, फिल्म रिलिज नुहँदै अर्को गर्दा धेरै फिल्म जुध्ने र त्यसले करिअरलाई नै घाटा लाग्ने सोचमा पुगिसकेका छन् ।
तर, अहिले दयाको हातमा अफर पनि कम हुन थालेको चर्चा फिल्म बजारमा छ । दयाले काम गरेका फिल्ममा दर्शक आउन छाडेपछि यस्तो देखिएको हो ।